संदिग्ध अवस्थामा युवकको मृत्युले क्षेत्रमा कोकोहोलो
संदिग्ध अवस्थामा युवकको मृत्युले क्षेत्रमा कोकोहोलो


सिलगढ़ी, 04 जनवरी (हि. स.)। बागडोगराको गोसाइपुर नयाँ पाड़ा क्षेत्रस्थित सरकारी सुस्वास्थ्य केन्द्रको पछाड़ि एकजना युवकको संदिग्ध अवस्थामा मृत्यु भएको घटनाले आइतवार सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचायो। मृत युवकको पहिचान अभि गुहा उपनाम गोड़ाको रूपमा भएको छ। भनिन्छ, उक्त युवक बागडोगराको पुटिमारी क्षेत्रमा भाड़ाको घरमा बस्दै आएको थियो।

स्थानीय सूत्र अनुसार गए शनिवार राती केही युवकहरूले सुस्वास्थ्य केन्द्रको पछिल्लोतिर रक्सीको पार्टी गरिरहेका थिए। त्यसै अवधि युवकको हत्या भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। आइतवार स्थानीय मानिसहरूले युवकलाई सुस्वास्थ्य केन्द्रको पछिल्लोतिर मृत अवस्थामा लड़िरहेको देखे। घटनाको सूचना पाएर बागडोगरा थानाको पुलिस घटनास्थलमा पुग्यो। शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।

पुलिसले घटनास्थलबाट पानीको बोतल, रक्सीको गिलास, टोपी सहित केही सामानहरू पनि जफत गरेको छ। हाल युवकको मृत्युको कारण पत्तो लाग्न सकेको छैन। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande