तीन साइबर अपराधी पुलिसको कब्जामा
तीन साइबर अपराधी पुलिसको कब्जामा


मोरीगाउँ (असम), 04 जनवरी (हि.स.)। मोरीगाउँ जिल्ला पुलिसले साइबर अपराधमा सामेल तीनजना चतुर अपराधीहरूलाई पक्राउ गरेको छ। पुलिसले आइतवार बतायो, पछिल्लो एक वर्षदेखिको भगौड़ा साइबर अपराधको मामिलामा सामेल तीनजना आरोपीहरूलाई पक्राउ गरिएको छ।

यी भगौड़ा आरोपीहरूको पहिचान मुस्तफा हुसैन, बहारूल इस्लाम, मुस्ताक अहमद उपनाम अनारूलको रूपमा गरिएको छ। आरोपीहरूमाथि विभिन्न जाली दस्तावेजको माध्यमबाट लाखौं रुपियाँ ठगी गरेको आरोप छ। पुलिसले पहिलाबाटै दर्ता प्राथमिकीको आधारमा साइबर अपराध अन्तर्गत आरोपीहरूसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande