कोननगर तृणमूल पार्षदलाई ज्यानमारा धम्की दिएको आरोप
कोननगर तृणमूल पार्षदलाई ज्यानमारा धम्की दिएको आरोप


हुगली, 04 जनवरी (हि. स.)। हुगली जिल्लाको कोननगरमा तृणमूल कंग्रेसका एकजना पार्षदलाई अपराधीहरूले ज्यानमारा धम्की दिएको आरोप सामु आएको छ। गए शनिवार राती कोन नगर नगरपालिकाको वार्ड नम्बर-17 का पार्षद विश्वरूप चक्रवर्तीले केही अपराधीहरूमाथि हत्या तथा बमले उड़ाउने धम्की दिएको आरोप लगाएका छन्। यस मामिलामा उनले उत्तरपाड़ा थानामा सिकायत दर्ता गराएका छन्।

विश्वरूप चक्रवर्ती अनुसार गए शनिवार राती केही उपद्रवीहरूले उनको घर अगाड़ि गएर उनको ज्यान लिने तथा बम फाल्ने धम्की दिए। त्यसबेला उनी घरमा थिएनन्। उनको परिवारका सदस्यहरूले फोन ग रेर उनलाई यस घटनाको जानकारी दिए।

पार्षदको दाबी छ, पछि उनले सीसीटीभी फुटेज हेर्दा देखे कि एउटा रातो रंगको कारमा सवार भएर केही मानिसहरू आएका थिए जसले उनलाई धम्की दिएर गए।

उनले आरोप लगाए, यस घटनाको पछाड़ि तृणमूल युवा नेताका निकटवर्ती दिव्येन्दु भट्टचार्यको हात हुसक्छ। आइतवार बिहान थानामा सिकायत दर्ता गराएपछि विश्वरूप चक्रवर्तीले भने, गए शनिवार राती मेरो घरमा गएर मेरो ज्यान लिने धम्की दिइयो। त्यसबेला म घरमा थिइनँ। घरका मानिसहरूले फोन गरेर मलाई बताए। सीसीटीभी फुटेज हेरेर मैले केही मानिसहरूलाई चिन्हित गरेको छु। तिनीहरू सबै उपद्रवी हुन्। मैले थानामा सिकायत दर्ता गराएको छु। पहिला पनि ममाथि ज्यानमारा हमला गर्ने प्रयास भइसकेको छ।

अर्कोतिर उपरोक्त सबै आरोपलाई दिव्येन्दु भट्टचार्यले शिराबाटै खारेज गरिदिएका छन्। फोनमा उनले भने, यी सबै पूर्ण रूपमा झुटो कुरा हो। यी पार्षद भाजपासित जोड़िएका छन् र माथिबाट तृणमूलको खोल ओड़ेकाछन्। म त्यसताक श्रीरामपुरको वाल्स अस्पतालमा थिए जहाँ हाम्रो पार्टीका एकजना कार्यकर्ताको पितालाई भर्ती गरिएको छ।

यस सम्पूर्ण घटनालाई लिएर भाजपाले तृणमूल कंग्रेसमाथि चर्को कटाक्ष गरेको छ। मामिलाको जाँचमा पुलिस जुटिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande