ड्रग्स सहित दुई तस्कर पक्राउ
ड्रग्स सहित दुई तस्कर पक्राउ


लखिमपुर (असम), 04 जनवरी (हि.स.)। लखिमपुर जिल्लान्तर्गत ढकुवाखाना क्षेत्रबाट पुलिसले ड्रग्स तस्करीमा सामेल दुईजना तस्करहरूलाई पक्राउ गरेको छ।

पुलिसले आइतवार बतायो, गुप्त सूचनाको आधारमा संचालित ड्रग्स विरोधी अभियानमा दुईजना ड्रग्स तस्करहरूलाई पक्राउ गरियो। पक्रा पर्ने आरोपीहरको पहिचान विश्वजीत चुतिया र राय पेगुको रूपमा गरिएको छ। दुवै आरोपीहरूबाट पुलिसले ड्रग्सले भरिएको कन्टेनर बाहेक स्कुटी पनि जफत गरेको छ। पुलिसले यस सिलसिलामा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी दुवै आरोपीसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande