
सोनभद्र, 04 जनवरी (हि.स.)। ओबरा थाना क्षेत्रमा पुलिसले एकजना किशोरीलाई पहाड़ी क्षेत्रमा लगेर ग्यांगरेप गर्ने तीनजना आरोपीहरूलाई गए शनिवार एक भिड़न्तमा पक्राउ गरिएको छ। पुलिसद्वारा गरिएको फायरिंगमा एकजना आरोपीको खुट्टामा गोली लागेो छ जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ।
पुलिस क्षेत्राधिकारी अमित कुमारले आइतवार बताए, गत 2 जनवरीको साँझ थाना ओबरामा आवेदिकाद्वारा लिखित आवेदन दिइयो जसमा उल्लेख गरिएको छ, उसकी 17 वर्षीय छोरी श्रमिकको काम गर्ने उद्देश्यले ग्राम भलुआ टोलामा भाड़ाको कोठामा बस्दै आएकी थिई। छोरीसितै काम गर्ने मिस्त्री पप्पू यादव, पुत्र रवि यादव, निवासी कनहरा थाना ओबरा जिल्ला सोनभद्रले आफ्ना दुईजना साथीहरूसित गत 30 दिसम्बरको दिन छोरीसित भलुआ टोलाको पूर्वमा अवस्थित पहाड़ी क्षेत्रमा लगेर बलजफ्ती दुष्कर्म गरे। मामिलाको जानकारी पाउनसाथ पुलिस टीमले प्रकरणको संवेदनशीलतालाई ध्यानमा राख्दै मिशन शक्ति केन्द्र थाना ओबराको माध्यमबाट पीड़िता र उसकी आमासित तत्काल सम्पर्क गरी संवेदनशील वार्ता, काउन्सिलिंग एवं विश्वास बहाली गऱ्यो।
आवेदनको आधारमा ओबरा थानामा एससी—एसटी एवं पोस्को एक्ट अन्तर्गत अभियोग पञ्जीकृत गरी आरोपीहरूलाई पक्राउ गर्नको लागि पुलिसको दुई वटा टीम गठन गरियो।
गए शनिवार राती तीनैजना आरोपीहरू बिल्ली मारकुण्डी खदान क्षेत्रमा रहेको पुलिसलाई सूचना प्राप्त भयो। त्यसपछि पुलिसले तत्कालै घटनास्थला पुगेर घेराबन्दी गरी दुईजना अभियुक्तहरू क्रमैले पप्पू यादव(30), पुत्र रवि यादव, निवासी कनहरा औ अर्जुन डोम(19), पुत्र स्व0 नन्हक डोम, निवासी भलुआ टोलालाई पक्राउ गऱ्यो। तेस्रो अभियुक्त करन डोम (28), पुत्र चन्द्रमड़ी डोम, निवासी लंका कलोनीे भाग्ने प्रयासमा पुलिसको टीममाथि गोली चलायो जसको जवाफस्वरूप पुलिसले पनि आत्मरक्षामा गोली चलायो जसमा आरोपीको खुट्टामा गोली लागेर घाइते भयो।
पुलिसले करन डोमको कब्जाबाट एउटा बन्दुक 315 बोर, एउटा खोल र एउटा जिउँदो कारतूस जफत गऱ्यो भने घाइतेलाई अस्पतालमा पठाइदियो।मामिलामा अग्रिम कानूनी कारवाही भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा