
खरसाङ, 04 जनवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय महासचिव अमर लामाले आफ्नो दुई दिवसीय भ्रमणको क्रममा घैयाबारी क्षेत्रका पार्टी कार्यकर्ताहरुसित भेट गरेर पार्टीको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरे। उनले पहिलो दिन पार्टीका प्रतिनिधिहरु, पञ्चायत सदस्य र पञ्चायत समतिहरुसँग भेटघाट गरेका थिए।
महासचिव लामालाई महानदी तीनधारे समष्टिका सभापति राजीव थापा, समष्टि युवा शक्ति एवं घैयाबारी तीनका उप-प्रधान केवल राई, समष्टि प्रवक्ता बिपन विश्वकर्मा, महानदी ग्राम पञ्चायत समिति सदस्य कुसाङ लामा लगायत पार्टीका अन्य नेतृत्वहरूले स्वागत जनाए। दोस्रो दिन महासचिव अमर लामाले घैयाबारी प्राथमिक स्वस्थ्य केन्द्रको भ्रमण गरेर अस्पतालकि समस्यहरुको बारेमा जानकारी लिए।
यसैगरी, घैयाबारी क्षेत्रका भूतपूर्व सैनिक संगठनले भेट गरेर घैयाबारी क्षेत्रमा वीर शहीदहरुको नाममा एउटा वार मेमोरियल बनाइदिन प्रस्ताव राखे। त्यसपछि, घैयाबारीस्थित समष्टि पार्टी कार्यालयमा घैयाबारी क्षेत्रका विभिन्न संघ-संस्था समाज, पार्टीका संगठन, महानदी तीनधारे समष्टिका विद्यार्थी संगठनका सभापति सुभम प्रधानको अगुवाईमा विद्यार्थीहरुको विभिन्न समस्याबारे चर्चा परिचर्चा गरे।
यसै भेटघाटको क्रममा खरसाङ लगायत घैयाबारी क्षेत्रका जीटीए कर्मचारी संगठनले पनि उनी समक्ष संगठनका विभिन्न माग अनि समस्याहरु राखेका थिए। उनले घैयाबारीस्थित गुरूङ गुम्बा गएर दर्शन गरे। उनको यस भ्रमण कार्यक्रम अवधि घैयाबारी ग्राम पञ्चायत समिति एवं कर्माध्यक्ष दावा वाङदी लामा, 257 बुथका सभापति नरेन राई, सचिव नवराज प्रधान घैयाबरी तीन ग्राम पञ्चायत ब्लकका सचिव धिरेन प्रधान पञ्चायत सदस्य अनिल तामाङ लगायत पार्टीका अन्य प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / हनोक