भाकपाको ‘गो ब्याक’ पोस्टरबाट विष्णुपुरमा राजनीतिक खैलाबैला, आइतवार बिहान भित्तामा देखियो ब्यानर
भाकपाको ‘गो ब्याक’ पोस्टरबाट विष्णुपुरमा राजनीतिक खैलाबैला, आइतवार बिहान भित्तामा देखियो ब्यानर


बाँकुड़ा, 04 जनवरी (हि. स.)। आइतवार बिहान बिष्णुपुर शहरमा त्यसबेला राजनीतिक खैलाबैला तीव्र भयो जतिबेला शहरका विभिन्न स्थानमा भित्ताभरी भाकपा (माले)-को ‘गो ब्याक’ लेखिएको पोस्टर र ब्यानरहरू देखियो। यस घटनापछि क्षेत्रमा राजनीतिक माहोल बाफिएको छ। कार्तिक महाराजको विरोधमा टाँसिएका यी पोस्टरहरूले स्थानीय स्तरमा चर्चा तथा विवादलाई जन्म दिएको छ। एउटै किसिमको पोस्टर धेरै वटा ठाउँमा टाँसिएको छ।

स्थानीय मानिसहरू अनुसार आइतवार बिहान मानिसहरू घरबाट निक्लिन थालेपछि केही प्रमुख सड़क, बजार तथा आवासीय क्षेत्रहरूको भित्ताहरूमा पोस्टरहरू टाँसिएको देखियो। पोस्टरहरूमा भाकपा (माले)- को नाम अंकित भएकोले मामिला झन् संवेदनशील भएको छ।

अर्कोतिर आगामी हिन्दू धार्मिक सम्मेलनमा कार्तिक महाराजको उपस्थितिको माग लगातार बढ़िरहेको छ। कार्तिक महाराजले विभिन्न मञ्चहरूबाट हिन्दू समाजसित एकजुट भएर सनातन धर्म तथा भारतीय संस्कृतिको रक्षा गर्नको लागि अगाड़ि बढ़्ने आह्वान गरेकाछन्। साथै उनले बंगलादेशमा भइरहेको धार्मिक हिंसालाई लिएर पनि विभिन्न मञ्चहरूबाट कड़ा भत्सर्ना गरेका छन्। उनको यस कदमलाई हिन्दू समाजको एउटा ठूलो वर्गले समर्थन गरिरहेको देखिँदैछ।

राजनीतिक विश्लेषकहरूको मान्यता छ, कार्तिक महाराजको बढ्दो लोकप्रियता र सक्रियताको कारणले उनको विरोधमा पनि गतिविधिहरू तीव्र भइरहेका छन्। आइतवार बिहान विष्णुपुरका भित्ताहरूमा देखिएका भाकपा (माले)- को ‘गो ब्याक’ लेखिएको पोस्टरलाई यसै राजनीतिक टक्करको संकेत मानिँदैछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande