प्रतिबन्धित नशालु पदार्थसहित एक पक्राउ
arrest


गान्तोक, 06 जनवरी (हि.स.)। जोरथाङमा एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिको नाम देबेन्द्र सन्यासी बताइएको छ। 26 वर्षीय आरोपी नाम्ची जिल्लाको अप्पर लालसोर निवासी हुन्।

पुलिसको दैनिक स्थिति रिपोर्ट (डीएसआर) मा उल्लेख गरिएअनुसार, देबेन्द्र सन्यासीलाई शंकाको आधारमा जोरथाङमा पक्राउ गरियो। कानुन बमोजिम गरिएको छानबिनका क्रममा सन्यासीबाट प्रतिबन्धित प्रोक्सिम्याक स्पास क्याप्सुलहरू भेटिए।

जोरथाङ पुलिस थानामा आरोपी विरुद्ध एनडीपीएस एक्ट 1985 र साडा एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ। यस घटनाको सम्बन्धमा जॉंच जारी छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande