
गुवाहाटी, 07 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का असम प्रदेश अध्यक्ष दिलीप सैकियाले बुधवार शिवसागर विधानसभा क्षेत्रबाट रायजर दलका विधायक अखिल गोगोईमाथि चर्को हमला गर्दै उनले फेरि एकपटक आधारहीन आरोप लगाएर जनतालाई भ्रमित पार्ने चेष्टा गरिरहेको आरोप लगाए।
गुवाहाटीस्थित प्रदेश भाजपा मुख्यालय अटल बिहारी वाजपेयी भवनमा बुधवार अखिल गोगोईद्वारा हालैमा दिइएको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै सौकियाले भने, आफ्ना आरोपहरूलाई साबित गर्ने साहस समेत उनीसित छैन। उनले अखिल गोगोईलाई चुनौती दिए, उनले पहिला यो स्पष्ट पारुन् कि गत 4 जनवरीको भीडियो कन्फ्रेन्सको स्क्रीनशट जारी गरेर वास्तवमा उनी के गर्न चाहन्छन्।
भाजपा प्रदेश अध्यक्षले भने, विपक्षका बयानहरूमा आपसी तालमेलको ठूलो अभाव छ। विपक्षीहरूको आफ्नै भनाइमा विरोधाभास देखिंदैछ। उनले आरोप लगाए, अखिल गोगोईको राजनीति तुष्टिकरणमाथि आधारित छ र यो विशेष रूपमा अल्पसंख्यक यसमा पनि ‘मियाँ मुस्लिम’ तुष्टिकरणको राजनीति हो।
सैकियाले असमका जनतालाई सतर्क बस्ने सल्लाह दिँदै भने, राज्यवासीहरूलाई तथाकथित ‘तीन गोगोई’-बाट सतर्क रहन आवश्यक छ। उनले दाबी गरे, यी तीनमध्ये एकजनामा तुष्टिकरणको राजनीति मात्र देखिन्छ। आफ्नो बयानलाई दोहोऱ्याउँदै दिलीप सौकियाले भने, अखिल गोगोईले बारम्बार जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेका छन्, तर आफ्ना आरोपीहरूलाई तथ्य सहित साबित गर्न भने असफल रहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा