न्यूनतम 15 हजार वेतनको मागमा आशा कर्मीहरूले गरे स्वास्थ्य भवनको घेराउ
न्यूनतम 15 हजार वेतनको मागमा आशा कर्मीहरूले गरे स्वास्थ्य भवनको घेराउ


कोलकाता, 07 जनवरी (हि.स.)। न्यूनतम वेतन 15 हजार सहित अन्य केही मागहरूलाई लिएर बुधवार आशा कर्मीहरूले कोलकाताको सल्टलेकस्थित स्वास्थ्य भवनको घेराउ गरे। यस अवधि पुलिसले मार्चलाई अगाड़ि बढ़्नदेखि रोक्ने प्रयास गर्दा स्थिति तनाउपूर्ण भयो। आशा कर्मीहरू र पुलिसमाझ ठेलमठेलको स्थिति सृजना भयो। केही क्षणको लागि सम्पूर्ण क्षेत्र रणभूमिमा परिणत भयो।

आशा कर्मीहरूले पहिलाबाटै घोषित कार्यक्रम अन्तर्गत स्वास्थ्य भवनसम् मार्च निकालेका थिए। जुलूस अगाड़ि बढ़्न थालेपछि पुलिसले ब्यारिकेड तेर्साएर उनीहरूलाी रोक्यो। यसबाट आक्रोशित आशा कर्मीहरू उग्र भए अनि एकपछि अर्को ब्यारिकेडलाई भत्काउँदै अगाड़ि बढ़्न थाले। कतिपय ठाउँमा उनीहरूसित पुलिसको झड़प पनि भयो। स्थितिलाई सम्हाल्न पुलिसलाई धेरै परिस्रम गर्नुपऱ्यो।

प्रदर्शनकारीहरूको भनाइ छ, राज्यभरिमा लगभग तीन हजार आशा कर्मीहरू कार्यरत् छन्। पछिल्लो लामो समयदेखिकै उनीहरूले न्यूनत वेतन 15 हजार रुपियाँ बनाउने माग गर्दै आइरहेका छन्। उनीहरूको आरोप छ, भत्ता बढ़ाइएको भए पनि अहिलेको महँगीलाई हेरेर त्यो अपर्याप्त छ। यति थोरै वेतनबाट उनीहरूको मूल समस्याको समाधान हुँदैन।

आशा कर्मीहरूले चेताउनी दिएका छन्, यदि उनीहरूको मागलाई लिएर शीघ्र कदम नउठाए उनीहरूले स्वास्थ्य भवन सामु अनिश्चितकालीन धरना शुरू गर्नेछन्। हाल ठूलो संख्यामा आशा कर्मीहरूले स्वास्थ्य भवनको गेट बाहिर बसेर विरोध प्रदर्शन गरिरहेका छन्।

सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य विभागको गेटलाई बन्द गरिएको छ भने व्यापक मात्रामा पुलिस बललाई क्षेत्रमा तैनाथ गरिएको छ। बिहानदेखिकै सम्पूर्ण क्षेत्रलाई कड़ा सुरक्षा घेराभित्र राखिएको थियो। कैयौं स्तरमा ब्यारिकेड लगाइएको भए पनि प्रदर्शनकारीहरूले अगाड़ि बढ़ेर आफ्नो विरोध प्रदर्शनलाई सफल बनाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande