
सिलगढ़ी, 07 जनवरी (हि. स.)। सिलगढ़ीको बंगाल सफारी पार्कमा राज्यमा पहिलो पटक म्यानड्रिल प्रजनन सफल भएको छ। नयाँ वर्षको प्रारम्भमा म्यानड्रिलको एक जोड़ीले एउटा शावकलाई जन्म दियो जसबाट पार्क प्रशासन अनि वन विभागमा हर्ष व्याप्त भएको छ।
जानकारी अनुसार राज्यभरिमा हाल सिलगढ़ीको बंगाल सफारी पार्कमा मात्र म्यानड्रिल अवस्थित छ। वर्ष 2023-मा जमशेदपुरस्थित टाटा स्टील जूलोजिकल पार्कबाट म्यानड्रिलको एक जोड़ीलाई यहाँ ल्याइएको थियो। यसको लागि लगभग 23 लाख रुपियांको विशेष एनक्लोजर तयार गरिएको थियो। यसै एनक्लोजरमा म्यानड्रिल दम्पत्तिले स्वस्थ शावकलाई जन्म दियो।
हाल आमा र शावक दुवैलाई निगरानीमा राखिएको छ। सफारी पार्क प्रशासनले बतायो, दुवै पूर्ण रूपमा स्वस्थ छ। चिसोदेखि बचाउनको लागि हिटर, पराल र जुटको बोराको व्यवस्था गरिएको छ। आमाको आहारमा पनि परिवर्तन गरी प्रतिदिन अधिक प्रोटीनयुक्त भोजन, तातो सूप औ नियमित भिटामिन सामेल गरिएको छ। शावकले अहिले आमाको दुध खाइरहेको छ।
यस सम्बन्धमा राज्यकी वन मन्त्री बिरबाहा हांसदाले भनिन्, सफारी पार्कमा लगातार भइरहेको सफल प्रजननले हामीलाई अझ उत्साहित बनाइरहेको छ। किनभने यो राज्यको एकमात्र म्यानड्रिल जोड़ी हो, त्यसैले हामी प्रजनन हुन्छ कि हुँदैन भन्ने विषयमा चिन्तित थियौं। तर अब सबै कुरा राम्रो भयो। आमा र शावक दुवै सुरक्षित छन्। हाल आमा र शावकलाई क्रलमा राखिएको छ। शावक आमासितै बसिरहने हुनाले हाल त्यसको लिंग निर्धारण गर्न सकिएको छैन।
स्मरण गराइन्छ, यसपूर्व बाघ, चितुवा र भालुको सफल प्रजननपछि अब म्यानड्रिलको सफल प्रजनन भएपछि बंगाल सफारी पार्कलाई स्थानीय प्रजनन केन्द्रको रूपमा विकसित गर्ने माग फेरि ताजा भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा