
आसनसोल, 07 जनवरी (हि.स.)। दुर्गापुरको बेनाचिति नतून पल्ली क्षेत्रमा भएको सेन्ट्रल जीएसटीको छापामारीबाट खैलाबैला मचियो। सूत्रानुसार यो कारबाही ट्रान्सपोर्टर बापी बाद्यकरको भाड़ाको घरमा गरिएको हो।
जानकारी मुताविक छापामारी हुँदा बापी घरमा उपस्थित थिएनन्। तथापि उक्त आवासमा केही ट्रान्सपोर्ट कम्पनीहरूका कर्मचारीहरू बस्दै आएका छन्। जीएसटीको टीमले गए मंगलवार साँझदेखि नै त्यहाँ खोजी अभियान संचालन गरिरहेको छ साथै कर्मचारीहरूसित जाँंचबुझ गरिरहेको छ।
यस कारबाहीको कारणले क्षेत्रमा तनाउसँगसँगै कौतुहलता पनि बढ़ेको छ। स्मरण गराइन्छ, गए मंगलवार केन्द्रिय सशस्त्र बलका जवानहरूसितै वाणिज्यिक जानकारी एवं सांख्यिकी महानिदेशालय (डीजीसीआई जीएसटी)- का अधिकारीहरूले एउटा घरमा अचानक छापा मारेका थिए। स्थानीय सूत्र अनुसार यो घर एकजना व्यवसायीलाई भाड़ामा दिइएको थियो। वाणिज्यिक जानकारी एवं सांख्यिकी महानिदेशालय अधिकारीहरूले छापामारी अवधि भाड़ामा बस्ने व्वसाीहरूलाई बसाएर जाँचबुझ गरे।
कारबाही अवधि सुरक्षाको कड़ा बन्दोबस्त गरिएको थियो। छापामारीको कारण तथा कुनै पनि प्रकारको जफ्ती सम्बन्धि वाणिज्यिक जानकारी एवं सांख्यिकी महानिदेशालयले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन। उल्लेखनीय छ, हालैमा बालुवा र कोइलाको अवैध कारबारलाई लिएर आसनसोलमा ईडीले छापा मारेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा