दिल्ली विधानसभामा निलम्बित आआप विधायकहरूलाई परिसरमा प्रवेश गर्नदेखि रोक
दिल्ली विधानसभामा निलम्बित आआप विधायकहरूलाई परिसरमा प्रवेश गर्नदेखि रोक


नयाँ दिल्ली, 07 जनवरी (हि.स.)। दिल्ली विधानसभाको शीतकालीन सत्रमा बुधवार आम आदमी पार्टी (आआपा)- का निलम्बित विधायकहरूलाई सदन परिवरमा प्रवेश गर्नदेखि रोकियो। यसको विरोधस्वरूप आआपाका बुराड़ीबाट विधायक सञ्जीव झा, कोंडलीबाट कुलदीप कुमार औ तिलक नगरबाट जरनैल सिंहले विधानसभा परिसर बाहिर प्रदर्शन गरे। यी तीनजना विधायकहरूलाई गत सोमवार सदनको कारबाहीदेखि तीन दिनको लागि निलम्बित गरिएको थियो।

सञ्जीव झाले भने, एकजना निर्वाचित विधायकलाई दिल्ली विधानसभामा प्रवेश गर्नदेखि रोकिँदैछ। म सदनबाट निलम्बित भए पनि मेरो कार्यालय भित्र छ। भाजपाले भगत सिंहको अपमान गरेकोमा माफी माग्नुपर्छ। उनले आरोप लगाए, पुलिसले ब्रिटिश शासनले जस्तै व्यवहार गरिरहेको छ। कुनै आदेश वा नियम हुँदाहुँदै पनि विधायकहरूलाई रोकिँदैछ।

कुलदीप कुमारले भने, निलम्बन सदनको कारबाहीबाट हुन्छ, तर परिसरमा प्रवेश गर्नदेखि रोक लगाउनु गलत हो। उनले अझ भने, हामीलाई परिसरभित्र बस्ने अधिकार छ। हामी बाबा साहेबको मूर्ति नजिक जान सक्छौं, महात्मा गान्धीको मूर्ति नजिक जान सक्छौं, विपक्षको नेताको कार्यालयमा जान सक्छौं। हामीलाई प्रवेश गर्नदेखि रोक्ने आदेश दिल्ली पुलिसलाई पहिलो पटक प्राप्त भएको हो। परिसरको अर्थ के हो? यसले सदनको कार्यवाहीलाई सन्दर्भित गर्दछ। हामीलाई रोक्ने उनीहरूलाई कुनै अधिकार छैन।

उल्लेखनीय छ, गत सोमवार विधानसभा सत्रको पहिलो दिन उपराज्यपाल वीके सक्सेनाको अभिभाषण अवधि आआप विधायकहरूले दिल्लीमा बढ़्दो वायु प्रदूषणलाई लिएर ग्यास मास्क लगाएर विरोध गरेका थिए। यसले गर्दा सदनमा व्यवथान सृजना भयो, त्यसपछि अध्यक्ष विजेन्द्र गुप्ताले सञ्जीव झा, कुलदीप कुमार, जरनैल सिंह र सोम दत्तलाई रहल सत्रको निम्ति निलम्बित गरिदिएका थिए।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande