मङ्गनमा लागूपदार्थ दुरुपयोग रोकथामसम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न
Drugs awareness


मङ्गन, 07 जनवरी (हि.स.)।सिक्किम राज्य कानुनी सेवा प्राधिकरणको पहलमा जिल्ला कानुनी सेवा प्राधिकरण (डीएलएसए), मङ्गनद्वारा आज एनएएलएसए (डन : लागूपदार्थ सचेतना तथा नशामुक्त भारतका लागि कल्याण मार्गदर्शन) योजना, २०२५ अन्तर्गत एक कानुनी सचेतना कार्यक्रम मङ्गनस्थित डीएसी हलमा आयोजना गरियो।

कार्यक्रममा जिल्ला तथा सत्र न्यायाधीश एवं डीएलाएसए अध्यक्ष, मङ्गन प्रज्वल खतिवड़ि प्रमुख अतिथि तथा जिल्लापाल अनन्त जैन विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै मङ्गनका एसपी एलबी छेत्री र एसडीएम सन्दीप कुमारको पनि उपस्थित थिए।

प्रमुख अतिथि प्रज्वल खतिवड़ाले सहभागीहरूलाई सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) तथा नार्कोटिक ड्रग्स एन्ड साइकोट्रोपिक सब्स्टेन्सेस एक्ट (एनडीपीएस) बारे जानकारी दिँदै प्रमुख कानुनी प्रावधान, सजाय तथा लागूपदार्थ दुरुपयोग नियन्त्रणमा रोकथाम र जनचेतनाको महत्वबारे प्रकाश पारे।

डीएलएसए मङ्गनका प्यानल अधिवक्ता सिङ्घी डाडुल लाचुङ्पाले सन् २००६ मा लागू गरिएको साडाको उद्देश्य र यसअन्तर्गत समेटिएका लागूपदार्थका श्रेणीहरूबारे जानकारी दिए। साथै उनले एनडीपीएस ऐनमा लागूपदार्थ दुरुपयोग तथा तस्करी नियन्त्रणमा यसको भूमिकाबारे व्याख्या गरे।

सामाजिक कार्यकर्ता मिङ्मा डोमाले लागूपदार्थ दुरुपयोग नियन्त्रणका लागि पुलिस विभाग सक्रिय र प्रतिबद्ध रहेको बताइन्। उनले नशामुक्त समाज निर्माणका लागि जनताको सहकार्य र समर्थन आवश्यक रहेकोमा जोड दिइन्।

यसरी नै थाना प्रभारी, मङ्गन प्रशान्त राईले एनडीपीएस ऐन तथा साडाबारे संक्षिप्त जानकारी दिंदै राज्यमा बढ्दो लागूपदार्थ दुरुपयोगको समस्यालाई ध्यानमा राख्दै बाबा लागू गरिएको बताए। उनले समुदायको सहभागिता अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक व्यक्तिको सामूहिक सहभागिताबाट मात्र नशामुक्त समाज निर्माण सम्भव हुने बताए।

मनोचिकित्सक (विशेषज्ञ) डा. कुन्जाङ ओङ्मु भोटियाले लागूपदार्थले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिइन्। उनले लागूपदार्थ र मदिराको लतले मनमा छटपटी लाग्ने, शरीर दुख्ने, निद्रा नलाग्ने र मानसिक तनावजस्ता समस्या उत्पन्न हुने बताइन्। उनले मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रियात्मक सत्र सञ्चालन गर्दै तनाव, चिन्ता र क्षणिक सुखको खोजी नै लागूपदार्थ दुरुपयोगका प्रमुख कारणहरू भएको उल्लेख गरिन्‌।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande