डिमौको दिरोईमा पुलिसको फायरिंग, आक्रमणकारीको मृत्यु
डिमौको दिरोईमा पुलिसको फायरिंग, आक्रमणकारीको मृत्यु


शिवसागर (असम), 7 जनवरी (हि.स.)। जिल्लाको डिमौस्थित दिरोई क्षेत्रमा बितेको मंगलवार राती पुलिसको फायरिंगमा एकजना आक्रमणकारीको मृत्यु भयो। मृतकको पहिचान रञ्जीत पाण्डवको रूपमा गरिएको छ जसले कथित रूपमा मातेर छिमेकीहरूलाई धारिलो हतियार (दाओ)-ले प्रहार गरिरहेका थिए।

पुलिस सूत्र अनुसार रञ्जीत पाण्डवले क्षेत्रमा ताण्डव मचायो जसमा एक दम्पत्ति (पति-पत्नी) गम्भीर रूपमा घाइते भए। घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर आरोपीलाई नियन्त्रण गरी हतियारविहीन बनाउने चेष्टा गऱ्यो।

स्थिति अनियन्त्रित भएपछि पुलिसले आत्मरक्षामा गोली चलायो। पुलिसको गोलीले आक्रमणकारीको घटनास्थलमै मृत्यु भयो। घाइते दम्पत्तिलाई डिब्रुगढ़ मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ जहाँ उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ साथै मामिलासित सम्बन्धित अन्य तथ्यहरूको बारेमा पत्तो लगाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande