
सिलगढ़ी, 7 जनवरी (हि.स)। रेलवे स्टेशनमा असामाजिक गतिविधिको विरोध गर्नु एकजना व्यवसायी र तिनका छोराको निम्ति महँगो पऱ्यो। केही असामाजिक तत्वहरूले दुवै पिता-पुत्रमाथि कुटपिट गरे। बितेको मंगलवार राती खोरीबाड़ीको बतासी क्षेत्रमा भएको यस घटनाबाट सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ।
जानकारी अनुसार गए मंगलवार राती बतासी रेलवे स्टेशनमा एकजना युवकको असामाजिक गतिविधिलाई देखेर स्थानीय व्यवसायी गोपाल सरकारले उसको विरोध गरे। यसै कुरालाई लिएर युवक व्यवसायीसित रिसायो। आरोप छ, पछि युवक एउटा चार चक्के वाहनमा आफ्नो दलबलसितै गोपालको दोकानमा पुगेर गोपाल र तिनको छोरालाई मरूञ्जेल कुट्यो।
आरोप छ, आक्रमणकारीहरूले व्यवसायीको हार्डवेयर दोकानमा तोडफोड़ साथै लुटपात पनि गरे। घटनालाई देखेर वरपरका अन्य व्यवसायीहरू पनि घटनास्थलमा पुगे जसले पाँचजना आरोपीहरूलाई समातेर खोरीबाड़ी थानाको पुलिसलाई जिम्मा दिए।
व्यवसायीको लिखित सिकायतको आधारमा खोरीबाड़ी थानाको पुलिसले पाँचै आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूमा मोहम्मद हाशिम उद्दीन शेख, हाशिबुल शेख, हसिना बीबी, रिना खातून औ मेनुका खातून सामेल छन् भने यिनीहरू सबै बुड़ागञ्जको चरनाजोत निवासी रहेको बताइएको छ। पुलिसले घटना प्रयोग गरिएको चार चक्के वाहनलाई पनि जफत गरेको छ। घाइते व्यवसायी र छोराले आरोपीहरूविरूद्ध कड़ाभन्दा कड़ा सजाय दिने माग गरेका छन्। पुलिस मामिलाको अग्रिम जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा