
जम्मू, 07 जनवरी (हि.स.)। जम्मूबाट सांसद जुगल किशोर शर्माले आज भने, जम्मू-कश्मीरका हरेक व्यक्तिले राज्यको दर्जा चाहन्
छ र उनी पनि यस कुरामा सहमत छन्। उनले भने, राष्ट्रिय नेतृत्वद्वारा गरिएको प्रतिबद्धता दृढ़ छ र परिस्थिति उपयुक्त भएपछि यसलाई पूरा गरिनेछ।
जम्मूमा पत्रकारहरूसित बातचित गर्दै सांसदले भने, राज्यको माग सम्पूर्ण केन्द्रशासित प्रदेशमा सार्वभौमिक हो। उनले नरेन्द्र मोदी र अमित शाहको उल्लेख गर्दै भने, हरेक व्यक्ति राज्यको दर्जा चाहन्छन्। प्रधानमन्त्री तथा केन्द्रिय गृहमन्त्रीले पहिला नै वाचा गरिसकेका छन्, जम्मू-कश्मीरमा स्थिरता आएपछि उचित समयमा राज्यको दर्जा बहाल गरिनेछ।
शर्माले जम्मूका केही भागहरूमा कथित बंगलादेशी तथा रोहिंंग्याहरूको उपस्थिति एवं आवागमनमाथि चिन्ता व्यक्त गर्दै प्रशासनलाई कड़ा निगरानी राख्ने आग्रह गरे।
उनले मुख्यमन्त्री उमर अब्दुल्लाको जिकर गर्दै भने, उमर अब्दुल्ला सरकारले जम्मूमा बस्दै आएका बंगलादेशी एवं रोहिंग्याहरूको गतिविधि तथा आवागमनममाथि नजर राख्नुपर्छ। उनीहरूलाई चिन्हित गरी एउटा ठाउँमा बसाउने चेष्टा गरिंदैछ। निर्वासनको सन्दर्भमा कानूनको स्थिति स्पष्ट पार्दैसांसदले भने, यस्ता मानिसहरूलाई आफ्नो मूल देशमा फिर्ता गराउनु केन्द्र सरकारको अधिकार क्षेत्रभित्र पर्छ। उनीहरूलाई उनीहरूको देशमा फर्काउने सम्बन्धमा केन्द्र सरकारले नै निर्णय लिनेछ। अन्तर्राष्ट्रिय कानूनको मानदण्ड अनुसार कड़ाई गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा