महिला कन्स्टेबलसित लूटपाट गर्ने फरार लुटेरा पक्राउ
महिला कन्स्टेबलसित लूटपाट गर्ने फरार लुटेरा पक्राउ


कानपुर, 07 जनवरी (हि.स.)। उत्तर प्रदेशको कानपुरमा एक महिला कन्स्टेबलसित लुटपाट गरेको घटनामा फरार अभियुक्तलाई सर्विलान्सको सहयोगमा सिसामाउ पुलिसले पक्राउ गरेको छ। संदिग्ध व्यक्ति पहिले पनि 2021 मा आर्म्स एक्टको मामिलामा थुना परिसकेको छ।

पुलिस उपायुक्त मध्य श्रवण कुमार सिंहले बताए, सिभिल लाइन्सको महिला थानामा कम्प्युटर अपरेटरको रूपमा कार्यरत महिला हवल्दार 28 दिसम्बर बिहान ड्यूटी समाप्त गरी चमनगञ्ज स्थित आफ्नो घर फर्कँदै थिइन्। उनी अटो-रिक्साबाट बाहिर निस्कँदा स्कूटीमा आएका दुई अज्ञात लुटेराहरूले उनको पर्स खोसेर भागे। पुलिसले 01 जनवरीमा एक डाँकालाई पक्राउ गरेर जेल पठाएको छ भने दोस्रो डाँका शहर छोड़ेर भागेको थियो। जसलाई सर्विलान्सको सहायताले पत्तो लगाएर पक्राउ गरिएको छ।

पक्रा परेको अपराधीबाट महिला हवल्दारबाट खोसिएको सात सय रुपियाँ नगदी र ब्लुटुथ उपकरण जफत गरिएको छ। उसको पहिचान बेकनगंज निवासी शयान रजाको रूपमा गरिएको छ। अपराधीले बतायो, गत 27 दिसम्बर राति उसले आफ्नो साथीको साथ मदिरा पार्टी गरेको थियो। पैसा सकिएपछि उनीहरूले भोलीपल्ट बिहान महिलालाई लुटे। ज्ञात होस्, अपराधीलाई 2021 मा आर्म्स एक्ट मामिलामा जेल पनि भइसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande