
सिलगढ़ी, 07 जनवरी (हि.स.)। सिलगढ़ीको रांगापानी रेलवे लेभल क्रसिंगमा दीर्घकालीन समस्याको समाधान गर्ने दिशामा महत्वपूर्ण कदम उठाइएको छ। दार्जीलिङका सांसद राजू बिष्टले यहाँ रोड ओभरब्रिज (आरओबी)-को शिलान्यास बुधवा गरे। लगभग 70 कड़ोर रुपियाँको लागतमा निर्माण हुने यस आरओबीको निर्माण कार्यको औपचारिक शुरूआत भइसकेको छ।
माटीगाड़ा औ चटहाट राज्य सड़कलाई जोड़्ने यो रेलवे लेभल क्रसिंग वर्षौंदेखिको जनसाधारणको लागि समस्याको कारण बन्दै आएको थियो। सिलगढ़ी सहित उत्तर बंगाल मेडिकल कलेज जाना बाटोमा प्रायजसो नै ट्रेनहरूको आवागमन हुने हुनाले लामो जाम लाग्थ्यो। गम्भीर रोगी, प्रसुता महिलाहरूलाई लिएर गइरहेका एम्बुलेन्सहरूलाई पनि घण्टौंमसम्म प्रतिक्षा गर्नुपर्थ्यो। एनजेपी रूटमा ट्रेनहरूको संख्या बढ़ेको कारणले यो लेभल क्रसिंग दिउँसो प्रायजसो नै बन्द रहन्थ्यो जसले गर्दा आम मानिसहरूलाई विविध समस्याको सामना गर्नुपर्थ्यो।
शिलान्यास कार्यक्रममा दुई भाजपा विधायक औ कटिहार डिभीजनका डीआरएम पनि उपस्थित थिए। जानकारी अनुसार यो आरओबी एक किलोमीटर लामो हुनेछ जसमा दुवैतिर 450-450 मीटर तथा बीचमा 100 मीटर भाग सामे रहनेछ। साथै दुवै तर्फ रोड पनि बनाइनेछ।
डीआरएमले बताए, आगामी डेढ़ वर्षभित्रमा यस परियोजनालाई पूरा गर्ने लक्ष्य राखिएको छ।
सांसद राजू बिष्टले भने, प्रधानमन्त्री र रेल मन्त्रीको विशेष प्रयासबाट यो परियोजना सम्भव हुन सकेको छ। उनले यसलाई नयाँ वर्षको उपहार बताउँदै भने, यसबाट खोरीबाड़ी, फाँसीदेवा, सिलगढ़ी, माटीगाड़ा औ फूलबाड़ीका मानिसहरू सोझै लाभान्वित हुनेछन्। उनले आरोप लगाए, पहिला राज्य सरकारद्वारा धनराशिको 50 प्रतिशत भाग नदिइएको कारणले यो काम रोकिएको थियो। अब केन्द्र सरकारले सम्पूर्ण धनराशि खर्च गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा