
नयाँ दिल्ली, 07 जनवरी (हि.स.)। दिल्लीका शहरी विकास मन्त्री आशिष सूदले तुर्कमान गेटस्थित फ़ैज़-ए-इलाही मस्जिद निकट अतिक्रमणलाई हटाउने क्रममा भएको ढुङ्गा-मुड़ाको घटनालाई दुर्भाग्यपूर्ण बताएका छन्। मन्त्री सूदले एक बयानमा भने, मस्जिद वरिपरी अवैध रूपमा केही व्यवसायिक प्रतिष्ठानहरू निर्माण गरिएको थियो जसविरूद्ध न्यायालयका निर्देशहरूलाई अनुपालन गर्दै यो कारबाही गरिँदैछ। कानूनको घेराभित्र भइरहेको कार्यलाई रोक्नु वा त्यसमा बाधा दिन पूर्ण रूपले अनुचित हो। यस कारबाहीको विरोधमा केही आपराधिक तथा उपद्रवी तत्वहरूको प्रदर्शन अनि हिंंसा स्वीकार्य छैन। घटनामा सामेल दोषीहरूलाई चिन्हित गरिएको छ जसमाथि कानून सम्मत कारबाही गरिँदैछ। अहिलेसम्ममा यस मामिलामा पांचजना मानिसहरूलाई पक्राउ गरिसकिएको छ।
उनले भने, फैज़-ए-इलाही मस्जिद पूर्ण रूपले सुरक्षित छ। कारबाही ती अवैध व्यवसायिक प्रतिष्ठानहरूमाथि भइरहेको छ जुन अदालतको आदेशभित्र पर्छ। यसमा सरकारको कुनै मनमानी वा दुर्भावना छैन। उनले सबै मानिसहरूलाई कुनै पनि प्रकारको उक्साहटमा नआउने अपील गरेका छन्। उनले भने, उक्साहटमा आएर कानूनको उल्लंघन गर्नेहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा