
कोलकाता, 07 जनवरी (हि.स.)। महिला एवं बाल तस्करी गिरोहको जाँचमा कोलकाता पुलिसको लाल बजारले ठूलो सफलता हात पारेको छ। बुधवार बिहान पुलिसद्वारा जारी बयानमा बताइएको छ, नदिया जिल्लाको कल्याणीबाट दुई जना आरोपीहरूलाई पक्राउ गरिएको छ। यो कारबाही मोबाइल फोनको तकनिकी निगरानीको आधारमा गरिएको हो।
पुलिस अनुसार गुप्त सूत्रबाट प्राप्त जानकारी तथा मोबाइल लोकेशन ट्र्याक गरेपछि जाँचकर्ताहरूले कल्याणी आईटीआई मोड़ नजिकै अवस्थित एउटा क्याफेमा छापा माऱ्यो जहाँबाट दुवै आरोपीलाई पक्राउ गरियो। त्यसपछि उनीहरूलाई जाँचबुझको लागि कोलकाता ल्याइएको छ।
पक्रा परेका आरोपीहरूको पहिचान साथी विश्वास उपनाम टिना र तन्मय दासको रूपमा भएको छ। साथी विश्वास नदिया जिल्लाको कल्याणी निवासी हो भने तन्मय दास मध्य कोलकाताको मुचिपाड़ास्थित रमाकान्त मिस्त्री लेनको हो। पुलिसले बतायो, यस मामिलामा पहिला अन्य आरोपीहरूलाई पक्राउ गरिएपछि यी दुई आरोपीहरू नदियामा लुकेर बसेका थिए। बाहिर निक्लिनसाथ यिनीहरूको गतिविधिबारे पुलिसलाई सूचना प्राप्त भयो, त्यसपछि यो कारबाही गरियो।
पुलिसको बयानमा भनिएको छ, यी दुई आरोपीहरूसित जाँचबुझ गरी यो पत्तो लगाउने चेष्टा गरिँदैछ कि तस्करी गिरोहसित अन्य को-को जोड़िएको छ, गिरोहको नेटवर्क कति ठूलो छ र महिला अनि बाल-बालिकाहरूको तस्करी कुन-कुन क्षेत्रमा गरिँदैथ्यो। पुलिसले यो पनि संकेत दिएको छ, जाँचबुझको आधारमा थप पक्राउ हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा