
आसनसोल, 09 जनवरी (हि.स.)। केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) मोहानपुरको टीमद्वारा ईसीएल सालानपुरको गोराण्डी माइन्स क्षेत्रमा अवैध कोइला कारबारविरुद्ध शुक्रवार लगभग 12.15 बजी अचानक छापा मारियो। सीआईएसएफको टीमलाई देखेर घटनास्थलबाट असामाजिक तत्वहरूले सुइँकुच्चा ठोके। छापामारीमा अवैध कोइला परिवाहनमा प्रयुक्त पाँच वटा मोटर साइकललाई जफत गरियो। जफत गरिएका वाहनहरूलाई अग्रिम कानूनी कारबाहीको निम्ति बाराबनी थानामा सुम्पिइएको छ।
यस सम्पूर्ण कारबाहीमा ईसीएल सुरक्षा टीमले महत्वपूर्ण एवं सराहनी भूमिका निभायो। यस सम्बन्धमा सीआईएसएफ यूनिट, ईसीएल शीतलपुरका यूनिट कमाण्डर राहुल यादवले बताए, अवैध कोइला कारबारमाथि लगाम कस्नको लागि यस किसिमको कारबाहीलाई आगामी दिनमा पनि निरन्तर जारी राखिनेछ ताकि राष्ट्रिय सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा