गाँजा र ड्रग्ससितै चार जना महिला समातिए
गाँजा र ड्रग्ससितै चार जना महिला समातिए


गुवाहाटी, 09 जनवरी (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिसले तीनजना गाँजा तस्कर औ फ्यान्सी बजार र पान बजार पुलिसले संयुक्त अभियान अवधि एक जना ड्रग्स तस्कर सहित मोठ चार जना तस्करहरूलाई पक्राउ गरेको छ।

पुलिसले शुक्रवार बतायो, वशिष्ठ थाना क्षेत्रको लालमाटी निकट ब्रह्मपुत्र मार्केटमा संचालित अभियान अवधि गाँजा सहित तीनजना तस्करहरूलाई पक्राउ गरियो जसको पहिचान जहानारा बेगम (42), सकिना खातून (32) र आशा बेगम (40)- को रूपमा गरिएको छ। यी आरोपीहरूबाट 6 किलो गाँजा जफत गरिएको छ।

यसरी नै अर्को अभियानमा फ्यान्सी बजार पुलिस आउटपोस्ट तथा पान बजार पुलिस थानाको टीमले संयुक्त रूपमा चार नम्बर रेलवे गेट नजिकबाट एक जना महिला ड्रग्स तस्करलाई पक्राउ गऱ्यो। पक्राउ ड्रग्स तस्करको पहिचान मरजिना बेगम (19)-को रूपमा गरिएको छ। यी महिला तस्करबाट 6 वटा प्लास्टिकको स-साना सीसीमा भरेर राखिएको 8.2 ग्राम हेरोइन जफत गरिएको छ। दुवै मामिलामा पुलिसले भिन्न-भिन्न प्राथमिकी दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande