
नयाँ दिल्ली, 09 जनवरी (हि.स.)। कस्टम्स विभागले आईजीआई एयरपोर्टको टर्मिनल-3 मा महत्वपूर्ण कारबाही गर्दै मादक पदार्थहरूको तस्करीको खुलासा गरेको छ। कस्टमका एकजना वरिष्ठ अधिकारीले शुक्रवार बताए, ब्यांककदेखि दिल्ली आएका चारजना भारतीयहरूबाट भारी मात्रामा गाँजा/मारिजुआना र तस्करीको सिगरेट जफत गरिएको छ। जफत गरिएका सामग्रीहरूको अनुमानित मूल्य लगभग 43.15 कड़ोर रुपियाँ रहेको बताइएको छ।
कस्टम अधिकारी अनुसार, गत 5 जनवरीको दिन ब्यांककबाट दिल्ली आइरहेका विमानहरू टीजी-315 औ टीजी-331 मार्फत आएका यात्रीहरूलाई 6 जनवरीको दिन टर्मिनल-3 मा स्पट प्रोफाइलिंगको आधारमा ग्रीन च्यानलमा रोकियो। त्यसपछि यात्रीहरूको सामानलाई एक्स-रे जाँच तथा अन्य जाँचको लागि पठाइयो। जाँचमा चार वटा ट्रली ब्याग (दुई वटा ब्लू, एउटा ग्रे र एउटा पर्पल कलर)-बाट 36 वटा पोलिथिनको पाउच भेटियो जसमा हरियो रंगको मादक पदार्थ थियो। प्राथमिक जाँचमा यो गाँजा रहेको पत्तो लाग्यो जसको मोठ वजन 43.135 किलोग्राम (नेट) रहेको छ। यस अतिरिक्त दुई वटा ट्रलीबाट गोल्ड फ्लेग ब्राण्डको 76 वटा सिगरेट पनि जफत गरियो।
कस्टम्स विभागको भनाइ छ, यस मामिलामा मादक पदार्थ निषेध अधिनियम (एनडीपीएस एक्ट), 1985- को धारा 8 को उल्लंघन भएको छ जुन धारा 20, 23 र 29 अन्तर्गत दण्डनीय अपराध हो।
कस्टम अधिकारीहरूले चारैजना यात्रीहरूलाई 7 जनवरीको दिन अलग-अलग समयमा एनडीपीएस एक्टको धारा 43(बी) अन्तर्गत पक्राउ गऱ्यो साथै गाँजा, सिगरेटलाई लुकाउनको लागि प्रयोग गरिएको सामान एवं प्याकेजिंग सामग्रीलाई पनि जफत गरिएको छ। अधिकारीहरूले बताए, मामिलामा अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा