न्यूनतम तापमान 12 डिग्री लगभग, तापमान बढ़े पनि बंगालमा जाड़ो यथावत
न्यूनतम तापमान 12 डिग्री लगभग, तापमान बढ़े पनि बंगालमा जाड़ो यथावत


कोलकाता, 09 जनवरी (हि. स.)। पछिल्लो केही दिनदेखिको भइरहेको कठ्याङ्ग्रिने जाड़ोबाट शहरवासीहरूले सामान्य राहत पाए पनि शीतलहरको प्रभाव अहिले पनि पूर्ण रूपमा समाप्त भएको छैन।

मौसम विभाग अनुसार शुक्रवार कोलकातामा न्यूनतम तापमान 12.1 डिग्री सेल्सियस दर्ता गरियो। यो पछिल्लो केही दिनको तुलनामा केही अधिक हो तथापि सामान्यभन्दा अहिले पनि 1.8 डिग्री कमै छ। जबकि अधिकतम तापमान 21.9 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 2.8 डिग्री कम हो। कागजमा तापमान बढ़ेको भए पनि चिसोको अनुभूति अहिले पनि उतिकै छ।

मौसम विभाग अनुसार आगामी 4-5 दिनसम्म राज्यमा यस्तै जाड़ो रहनेछ। साथै बिहान तथा भोरमा कुहिरोको प्रभाव देख्न पाइनेछ।

कोलकाता सहित दक्षिण बंगालका केही जिल्लाहरूमा बिहान एवं भोर कठ्याङ्ग्रिने जाड़ो रहनेछ भने दिन बढ़्दै गएपछि राहत पाइनेछ साथ कुहिरोको प्रभाव घट्दै गएर सफा र घमाइलो आकाश देख्न पाइनेछ।

तथापि हुगली, उत्तर औ दक्षिण 24 परगना, मुर्शिदाबाद र नदियाका कतिपय ठाउँहरूमा चिसो हावाको कारणले वास्तविकतामा तापमानको रिडिंगभन्दा बढ़ी चिसो लाग्नसक्छ।

मौसम विभागले राज्यका एघार वटा जिल्लाहरूमा कुहिरोको चेताउनी जारी गरेको छ। यीमध्ये सात वटा दक्षिण बंगालका र उत्तर बंगालका चार वटा जिल्लाहरू सामेल छन्। घना कुहिरोको कारणले दृश्यता कम हुने आशंका छ।

उत्तर बंगालमा आगामी केही दिनसम्म जाड़ोको प्रकोप अधिक रहनेछ। कुचबिहार, उत्तर र दक्षिण दिनाजपुरमा जाड़ोको प्रभाव आने वाले कुछ दिनों विशेष रूपमा महसूस गरिनेछ। दार्जीलिङ, जलपाईगुड़ी, कुचबिहार, उत्तर दिनाजपुर सहित चार वटा जिल्लाहरूमा घना कुहिरो लाग्ने चेताउनी दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande