स्टेट ब्यांकको जकड़मा फस्यो जिन्दगीः खातामा लाखौं रुपियाँ भए पनि उपचारको निम्ति छटपटिरहेकी छन् सेवानिवृत्त शिक्षिका
स्टेट ब्यांकको जकड़मा फस्यो जिन्दगीः खातामा लाखौं रुपियाँ भए पनि उपचारको निम्ति छटपटिरहेकी छन् सेवानिवृत्त शिक्षिका


पूर्वी सिंहभूम, 09 जनवरी (हि.स.)। सोनारीबाट एउटा यस्तो मामिला प्रकाशमा आएको छ जहाँ देशको सबैभन्दा ठूलो सरकारी ब्यांकमा लाखौं रुपियाँ जमा भएपनि एकजना बुजुर्ग महिाको ज्यान बचाउन सकिरहेको छैन। सेवानिवृत्त सरकारी शिक्षिका अञ्जली बोस एमजीएम अस्पतालमा मरणशैय्यामा छन्, डाक्टरले उन्नत उपचारको निम्ति ठूलो अस्पतालमा लैजाने सल्लाह दिएका छन्, तर ब्यांकको प्रक्रियाले उनको पैसालाई उनको जिन्दगीदेखि टाड़ा बनाएको छ।

वर्ष 2008–09 मा कपाली विद्यालयबाट सेवानिवृत्त भएपछि उनले आफ्नो जीवनभरिको कमाई लगभग 25 लाख रुपियाँ स्टेट ब्यांक अफ इण्डिया, सोनारी शाखामा यो सोचेर जमा गराएकी थिइन् कि बुढ़ेसकालमा बिमार वा अस्पतालको आवश्यकता परे यो पैसाले काम गर्नेछ। परिवारको भनाइ छ, उनीहरूले बितेका केही दिनदेखिको स्टेट ब्यांक अफ इण्डिया, सोनारी शाखामा धाइरहेका छन्। ब्यांक प्रबन्धनको तर्क छ, अञ्जली बोसको खातामा कुनै नोमिनीको नाम दर्ता छैन, त्यसैले अञ्जली स्वयं ब्यांकमा आउनुपर्छ, तब मात्र राशि भुक्तान गर्न सकिन्छ। परिवारले ब्यांक अधिकारीहरूलाई बारम्बार सम्झाइरहेका छन् कि अञ्जली बोस अस्पतालको ओछ्यानबाट उठ्नसक्ने स्थितिमा छैनन्, उनी मरणशैय्यामा पुगेका छन्, ब्यांक आउनु असम्भव छ।

परिवारले यो प्रस्ताव समेत राख्यो, ब्यांकले सोझै अस्पताल प्रबन्धनलाई उपचार खर्च भुक्तान गरोस् ताकि अञ्जलीको ज्यान बच्न सकोस्। तर ब्यांक अधिकारीहरूले यस मानवीय अपीललाई पनि ठोकराए।

मामिला गम्भीर भएको देखेर अञ्जली बोसकी बहिनी गायत्री बोस् जो स्वंय पनि सेवानिवृत्त शिक्षिका हुन्,-ले भाजपाका पूर्व नेता विकास सिंहलाई एमजीएम अस्पतालमा बोलाइन्। अस्पतालमा पुगेर विकास सिंहले परिवारबाट सम्पूर्ण जानकारी लिए।

गायत्री बोसको पीड़ा शब्दबाटै झल्कियो। उनले भनिन्, उनलाई दिदीको पैसा चाहिएको छैन, तर ब्यांकले यदि सोझै अस्पतालमा भुक्तान गरिदियो भने उनकी दिदीको ज्यान बच्नसक्छ। भावुक स्वरमा उनले चेताउनी दिइन्, यदि पैसाको अभावमा उनकी दिदीको मृत्यु भयो भने उसको पार्थिव शरीरलाई स्टेट ब्यांक अफ इण्डिया, सोनारी शाखामा लैजानेछन् ताकि सिस्टमलाई ऐना देखाउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande