
नयाँ दिल्ली, 9 जनवरी (हि.स.)। साहित्य अकादमीले यसपालि 10 जनवरी, शनिवारदेखि शुरू भइरहेको नयाँ दिल्ली विश्व पुस्तक मेलामा 18 वटा विशिष्ट कार्यक्रमहरू आयोजना गरिरहेको छ जसमा देशभरिका विभिन्न भाररतीय भाषाहरूका 50 जनाभन्दा अधिक लेखकहरूले भाग लिनेछन्।
साहित्य अकादमीकी सचिव पल्लवी प्रशान्त होलकरले शुक्रवार बताइन्, सबै कार्यक्रम भारत मण्डपमस्थित हल नं. 2 मा प्रतिदिन साँझ 4-देखि 6 बजेबीच ‘लेखक मञ्च’- मा आयोजना गरिनेछ। कार्यक्रममा पुरस्कृत लेखकहरूसित सम्वाद, बहुभाषी कवि सम्मिलन, युवा साहिती, नारी चेतना, बहुभाषी कथा पाठ, बाल साहिती औ विभिन्न विषयहरूमाथि परिचर्चा सामेल छन्।
परिचर्चाहरूको विषय रहेको छ- वन्दे मातरम्, अनुवाद एवं बाल साहित्यको वर्तमान स्थिति। यी कार्यक्रमहरूमा भाग लिने प्रमुख लेखकहरूमा विश्वास पाटिल, नासिरा शर्मा, अनामिका, अनुराधा शर्मा पुजारी, रश्मि चौधरी, मोहन सिंह, स्वर्णजीत सवी, प्रकाश एस. पर्येंकार, सम्पदानन्द मिश्र, मुदनाकुड चिन्नस्वामी, शेफालिका वर्मा, शाद रमजान, असद रज़ा, के.पी. रामानुण्णी, कुलदीप सिंह दीप, अरविन्द कुमार तिवारी, एल. रामेश्वर सिंह, क्षमा शर्मा सामेल छन्। उनले बताइन्, वन्दे मातरममाथि आयोजना हुने परिचर्चाको अध्यक्षता साहित्य अकादमीकी उपाध्यक्ष कुमुद शर्माले गर्नेछन् जसमा निर्मलकान्ति भट्टचार्जी एवं भाग्येश झाले भाग लिनेछन्।
अन्य कार्यक्रमहरूमा भाग लिने लेखकहरूमा वनिता, दिविक रमेश, नेहा बन्सल, मनोहर बाथम, हेमन्त कुकरेती, रश्मि भारद्वाज, रमेश प्रजापति, हरिसुमन बिष्ट, ए. कृष्णाराव, अवधेश श्रीवास्तव, गगन संधू, मोईद रशिदी, संस्कृति मिश्र, दिनेश चारण, मोहन हिमथाणी, आर. थामोथरन, रवेल सिंह, हरेकृष्ण सतपथी, बसवराज कलगुडी, तारिक़ छतारी, पारमिता सतपथी, ज्ञानप्रकाश विवेक, मीरा द्विवेदी, अंकिता रासुरी, आभा झा, रेशमा जैदी, सूर्यनाथ सिंह, ऋषि राज, ओमप्रकाश कश्यप, त्रिना चक्रवर्ती एवं रजनीकान्त शुक्ल रहेका छन्।
उल्लेखनीय छ, यसपालि पुस्तक मेलामा प्रवेश निःशुल्क छ भने संस्कृति मन्त्रालय अधिनस्थ सबै संस्थाहरूलाई एक विशेष मण्डपमा हल संख्या 5-मा राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा