बालुवा तस्करहरूको नयाँ उपाय विफल, दाँतनमा प्रशासनको व्यापक छापामारी
बालुवा तस्करहरूको नयाँ उपाय विफल, दाँतनमा प्रशासनको व्यापक छापामारी


पश्चिम मेदिनीपुर, 09 जनवरी (हि. स.)। जिल्मा भूमि एवं भूमि सुधार विभागले बालुवा तस्करहरूको एक गिरोहलाई ध्वस्त बनाउँद गए बिहीवार व्यापक कारबाही गरेको छ। विभागले लगातार विशेष अभियान संचालन गरी दाँतन क्षेत्रबाट बालुवा लादिएका 20 वटा वाहनहरूलाई जफत गरेको छ। प्रत्येक वाहनमाथि एक-एक लाख रुपियाँको जरीमाना लगाइएको छ। प्रशासनको यस कारबाहीबाट अवैध व्यवसायीहरूको चेत उड़ेको छ।

जाँचमा यो तथ्य सामु आएको छ, तस्करहरूले सरकारी राजस्वलाई क्षति पुऱ्याउनको लागि एक अनौठो उपाय अप्नाएका थिए। नियम अनुसार दाँतनदेखि पाँसकुड़ासम्म बालुवा लैजानको लागि 12 घण्टाको समय पाउँछ। तस्करहरूले यसै 'क्यारिंग अर्डर' (सीओ)- को लाभ उठाएर बालुवालाई पाँसकुड़ा लैजानको सट्टा बीचमै बेलदा, नारायणगढ़ औ मनोहरपुर जस्ता बजारहरूमा थुपार्थे। कम समयमा सामान खाली गरेको कारणले उनीहरूले त्यै वैध कागजमा पुनः खदानबाट बालुवा भरेर परिवहन गर्थे। यसबाट एउटै चालानमा कैयौं पटक बालुवा निकासी गरिरहेका थिए।

गए बिहीवार भूमि सुधार विभागका अधिकारीहरूले सुवर्णरेखा नदीको किनारमा अवस्थित दाँतन-एक ब्लकको खदानको पनि निरीक्षण गरे। खड़गपुरकी एसडीओ सुरभि सिंगला तथा भूमि सुधार अधिकारी अभिजीत भुइयाँले यस निरीक्षण अवधि पाए, खदानहरूबाट जारी अधिकांश चालान पाँसकुड़ाको लागि थियो।

अधिकारीहरूलाई सन्देह लागेको छ, यस सम्पूर्ण खेलमा खदान मालिकहरूको पनि मिलोमतो छ। विभागले अब यी खदान मालिकहरू विरूद्ध कड़ा कारबाही गर्नको लागि राज्य तथा जिल्ला प्रशासनलाई पत्र लेख्ने तयारी गरिरहेको छ।

तस्करहरूले अहिले भारी वाहनको सट्टामा ट्र्याक्टरलाई बढ़ी उपयोग गरिरहेका छन्, किनभने ट्र्याक्टर ग्रामीण सड़कहरूबाट सहजै छिर्नसक्छ। जफत गरिएका वाहनहरूमा कुनै नम्बर प्लेट बिनाको छ। विभाग अनुसार 100 सीएफटीको चालानमा 150 सीएफटीसम्म बालुवा लादेर ओभरलोडिंग पनि गरिँदैथ्यो।

महकुमा भूमि एवं भूमि सुधार अधिकारी अभिजीत भुइयाँले भने, जफत गरिएका वाहनहरूमाथि 20 लाख रुपियाँको जरीमाना लगाइएको छ। जबस्म यो राशि सरकारी ढुकुटीमा जमा हुँदैन तबसम्म यी वाहनहरूको परिचालनमाथि पूर्ण प्रतिबन्ध लगाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande