
सिलगढ़ी, 09 जनवरी (हि. स.)। डाबग्राम–फूलबाड़ी विधानसभा क्षेत्रको ईस्टर्न बाइपासस्थित ढाकेश्वरी काली मन्दिर मैदानमा शनिवार भाजपा प्रदेश अध्यक्ष शमिक भट्टचार्यको एक विशाल जनसभा आयोजना भइरहेको छ। यस जनसभालाई लिएर तयारी द्रूत गतिमा भइरहेको छ।
शुक्रवार डाबग्राम–फूलबाड़ीकी भाजपा विधायक शिखा च्यटर्जीले सभास्थलको निरीक्षण गरिन्। यस अवधि उनले मञ्चको व्यवस्था, दर्शकहरूको बस्ने सुविधा, सुरक्षा प्रबन्ध तथा समग्र बुनियादी ढाँको जायजा लिइन्। साथै आयोजकहरूसित बातचित गर्दै आवश्यक दिशानिर्देश पनि दिइन्।
बताइँदैछ, ‘परिवर्तन संकल्प सभा’- को माध्यमबाट भाजपाकोसन्देशलाई आम जनतासम्म पुऱ्याइनेछ। आगामी चुनाउलाई मध्यनजर गर्दै पार्टी कार्यकर्ता तथा नेताहरूलाई महत्वपूर्ण दिशानिर्देश पनि दिन सक्नेछ।
जनसभालाई लिएर भाजपा कार्यकर्ता औ समर्थकहरूमा विशेष उत्साह देख्न पाइँदैछ। राजनीतिक जगतमा मान्यता छ, यस सभामा ठूलो संख्यामा मानिसहरूको भीड़ उर्लिनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा