
सिलगढ़ी, 9 जनवरी (हि.स)। भारतीय जनता पार्टी (भाजपा)-का प्रदेश अध्यक्ष शमिक भट्टचार्यले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कड़ा शब्दमा प्रहार गरेका छन्। उनले भने, मुख्यमन्त्रीको कार्यशैीको कारण आज सारा देश अगाड़ी पश्चिम बंगालको छवि हाँस्यस्पद बनिसकेको छ। देशले हेरिरहेको छ, केन्द्रि गृहमन्त्री अमित शाहको कार्यालय सामु धरना प्रदर्शन गरेर आखिर के लाभ भइरहेको छ?
शुक्रवार कोलकातादेखि सिलगढ़ी आइपुगेका भट्टचार्यले आरोप लगाए, विशेष गहन पुनरीक्षण (एसआईआर)-को कारण तृणमूल कंग्रेस डराएको छ। भ्रष्टाचारका आरोपहरूमा घेरिएको तृणमूल कंग्रेस अहिलेघरि भय र आतंकबीच बाँचिरहेको छ। उनले भने, पश्चिम बंगाल सरकारको लागि संविधानको कुनै महत्व रहेन जबकि भाजपाले लोकतन्त्र र जनतन्त्रको रक्षाको लागि लड़ाईँ गरिरहेको छ।
कोलकातामा आयोजित मुख्यमन्त्री ममता ब्यानर्जीको धरना कार्यक्रमलाई लिएर उनले कटाक्ष गर्दै भने, यस प्रकारको धरना कुनै नौलो कुरा होइन। उनले पहिला पनि धरना दिसकेकी छन् र आगामी दिनमा पनि दिरहनेछन्, धरना दिँदा-दिँदै राजनीतिबाट विदा हुनेछन्। उनले भने, ममता ब्यानर्जी अहिलेघरि “ऱ्याम्पमा हिँड़ीरहेकी छन्” र त्यै ऱ्याम्पमा हिँड़्दा-हिँड़्दै उनी आफ्नो “अन्तिम यात्रा”-तर्फ अग्रसर भइरहेकी छन्।
शमिक भट्टचार्यले अझ भने, एक समयमा पश्चिम बंगालका जनताले ममता ब्यानर्जीलाई अप्नाएका थिए, तर अब त्यही जनताले उनलाई नकारिरहेका छन्। आगामी दिनमा राज्यका जनता पूर्ण रूपले मुख्यमन्त्रीदेखि टाँड़िनेछन्।
अभिषेक ब्यानर्जीको नाम चार्जशीटमा भएपनि उनलाई समन जारी गरिएको छैन। यस सम्बन्धमा भट्टचार्यले भने, भाजपाले ईडी र सीबीआईको भरोसामा राजनीति गरिरहेको छैन। ईडी-सीबीआईको कार्यालयमा ताला लगाइदिए पनि यसपालिको चुनाउमा तृणमूल कंग्रेसको हार निश्चित छ। उनले दाबी गरे, उत्तर बंगालको धरतीमा तृणमूल कंग्रेसले आफ्नो खातासम्म खोल्न सक्ने छैन। अभिषेक ब्यानर्जी ठाकुरबाड़ी गएकोमा कटाक्ष गर्दै उनले भने, “जानअघि नै ठाकुरबाड़ी जानुपर्छ।“
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा