
आसनसोल, 09 जनवरी (हि. स.)। अन्नपूर्णा नगर क्षेत्रमा भएको चोरीको मामिलामा पुलिसले तीन जना आरोपीहरूलाई पक्राउ गरेको छ। यी सबै आरोपीहरू पीड़ितका छिमेकी हुन्। पुलिसलेआरोपीहरूबाट नगद रुपियाँ सहित चोरी गरिएका सुन-चाँदीको गहना, भाँड़ा-कुड़ा तथा अन्य मूल्वान वस्तुहरू जफत गरेको छ। यस कारबाहीपछि क्षेत्रका मानिसहरूले पुलिसको तत्परताको सराहना गरिरहेका छन्।
पुलिस सूत्र अनुसार प्रेम कुमार वर्मा गत 26 दिसम्बरको दिन आफ्नो घरमा ताला लगाएर कुनै निजी कार्यले बाहिर गएका थिए। 3 जनवरीको दिन घरमा फर्केर आउँदा अलमारी भत्किएको थियो। जाँच गर्दा थाहा लाग्यो कि घरबाट लगभग 20 हजार रुपियाँ नगद र सुन-चाँदीको गहना सहित अन्य घरेलु वस्तुहरू चोरी भइसकेको छ।
त्यसपछि प्रेम कुमार वर्माले दुर्गापुर थानाको ए-जोन चौकीमा लिखित सिकायत दर्ता गराए। सिकायत पाउनसाथ पुलिसले मामिलाको गम्भीर रूपमा जाँच गर्न शुरू गऱ्यो। वरपरका सीसीटीभी फुटेज, मोबाइल लोकेशन र स्थानीय गुप्त सूचनाको आधारमा पुलिसले सन्देहको घेरोमा परेका तीनजना युवकहरूसित जाँचबुझ गऱ्यो। कड़ा जाँचबुझपछि तीनै जनाले चोरीको घटनामा आफ्नो संलिप्ततालाई स्वीकार गरे।
पुलिसले बतायो, हाल तीनै आरोपीहरूलाई अदालतमा पेश गर्ने तयारी गरिरहेको छ। पुलिसको भनाइ छ, यस्तो मामिलामा आम मानिसहरू सतर्क बस्नुपर्छ। घर छोड़्दा छिमेकीहरूलाई जानकारी दिने तथा सुरक्षा व्यवस्थालाई मजबुत बनाउने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा