
मीरजापुर, 09 जनवरी (हि.स.)। उत्तर प्रदेशको मिर्जापुर जिल्लाको हलिया थाना क्षेत्रको एक गाउँकी एक नाबालिग बालिकाका पिताले दिएको उजुरीको आधारमा पुलिसले बिहीवार अबेर साँझ नाबालिग बालिकालाई उद्धार गऱ्यो। बालिकालाई हलिया-लालगञ्ज सड़कको गढ़वा कोटाघाट नजिकै उद्धार गरियो।
पीड़ित पिताले बताएका थिए, 21 दिसम्बर राति लगभग 10 बजी गाउँकै एक व्यक्तिले आफ्नो घर सुनसान देखेर आफ्नी 14 वर्षीया छोरीलाई फकाएर अपहरण गरेको बताएका थिए। व्यापक खोजी गर्दा कुनै सुराग नमिलेपछि उनले पुलिस थानामा जुरी दर्ता गरे। त्यसबेलादेखि पुलिस नाबालिग बालिकाको खोजीमा जुटेको थियो। बिहीवार अबेर साझँ खबरीले ती दुई गढ़वा क्षेत्रमा गाड़ी पर्खिरहेको सूचना दियो। जानकारी पाएपछि उप-निरीक्षक अच्छे लालको टोली घटनास्थलमा पुग्यो र क्षेत्रलाई घेरेर नाबालिग बालिकालाई सुरक्षित उद्धार गऱ्यो जबकि अभियुक्त युवक घटनास्थलबाट भाग्यो।
शुक्रवार नाबालिग बालिकाको स्वास्थ्य परीक्षण गराएपछि उसलाई अदालतमा पेश गरियो। यस सम्बन्धमा प्रभारी थानाध्यक्ष श्यामलालले भने, पिताको उजुरीमा दर्ता भएको मुद्दामा नाबालिगलाई उद्धार गरिएको छ र आवश्यक कानूनी कारबाही गर्दै अदालत पठाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी