
गान्तोक, 09 जनवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले दुई जना उपाध्यक्ष नियुक्त गरेको छ। नवनियुक्त उपाध्यक्षहरूमा कर्म छिरिङ भोटिया र पेमा ग्याल्पो भोटिया रहेका छन्। सीएपी अध्यक्ष गणेश कुमार राईले द्वयलाई तत्काल प्रभावका साथ उपाध्यक्ष नियुक्त गरेको जानकारी सीएपी उपाध्यक्ष प्रशान्त बाबु छेत्रीले आज प्रेस विज्ञप्तिमा बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल