घरमा भयानक आगलागी, दमकलको तत्काल कारबाहीले टऱ्यो दुर्घटना
घरमा भयानक आगलागी, दमकलको तत्काल कारबाहीले टऱ्यो दुर्घटना


सिलढ़़ी, 09 जनवरी (हि. स.)। शहरको आश्रमपाड़ास्थित रामकृष्ण क्लब नजिक एउटा घरमा शुक्रवार बिहान भयानक आगो लागेको घटना प्रकाशमा आएको छ। प्रारम्भिक रूपमा आगलागीको कारण शर्ट सर्किट रहेको बताइएको छ।

घटना भएको बेला घर नजिकै अवस्थित एउटा स्कूलमा विशेष गहन पुनरीक्षण (एसआइआर) प्रक्रियाको काम भइरहेको थियो। त्यसैबेला डाबग्राम फायर स्टेशनका दुई जना दमकलकर्मीहरू त्यहाँ उपस्थित थिए। अचानक घर नजिक आगो लागेको सूचना पाउनसाथ स्थितिको गम्भीरतालाई बुझेर दुवै दमककर्मीहरू घटनास्थलमा पुगे अनि आफूसित रहेको फायर फायर एक्सटिंग्विशरको मद्दतले आगोलाई निभाउने चेष्टा गरे।

अर्कोतिर सूचना पाउनसाथ सिलगढ़ी फायर स्टेशनबाट दुईवटा दमकल वाहनहरू घटनास्थलमा पुगे। दमकलकर्मीहरूले कड़ा परिश्रम गरेर क्षणभरमै आगोलाई नियन्त्रण गरे। तथापि यस घटनाा घरको एउटा कोठा जलेर नष्ट भएको छ जसबाट सम्बन्धित परिवारलाई ठूलो क्षति भएको छ।

आगलागीबाट प्रभावित अर्चना सरकारले बताइन्, बिहान तिनले सदा जस्तै पूजा गरिरहेकी थिइन्। त्यसैबेला उनले कोठामा आगो लागेर बिस्तारै फैलिरहेको देखिन्। क्षणभरमै स्थिति भयानक भयो। समयम दमकलकर्मीहरूले कारबाही गरेको कारण ठूलो दुर्घटना हुनदेखि बच्यो।

यस मामिलामा सिलगढ़ी फायर स्टेशनका अधिकारी धर्मेन्द्र कृष्ण रायले बताए, प्रारम्भिक जांचमा आगलागीको कारण शर्ट सर्किट रहेको मानिँदैछ। तथापि सम्पूर्ण मामिलाको जाँच गरिँदैछ। दमकल विभागको तत्काल कारबाही तथा सतर्कताको कारणले कुनै पनि प्रकारको जनहानि भएको समाचार छैन जसबाट स्थानीयहरूले राहत महसूस गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande