मुख्यमन्त्री तामाङले भाजपा कार्यकारी अध्यक्ष नितिन नबीनसॅंग भेट गरे
मुख्यमन्त्री तामाङले भाजपा कार्यकारी अध्यक्ष नितिन नबीनसॅंग भेट गरे


गान्तोक, 09 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबीनसॅंग भेट गरेर नयॉं वर्ष साथै नयॉं कार्यभारको लागि शुभकामना दिएका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा साझा गरेका छन्।

मुख्यमन्त्री तामाङले आज नयॉं दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबीनसॅंग भेट भएको बताएका छन्। यस भेटका क्रममा उनले न​बीनलाई नयॉं कार्यभारको लागि हार्दिक बधाई दिॅंदै नयॉं वर्षको शुभकामना व्यक्त गरे।

मुख्यमन्त्रीले भाजपा कार्यकारी अध्यक्षको सुस्वास्थ्य, सफलता र सबै जिम्मेवारीहरू पूरा गर्न शक्तिप्राप्ति तथा उनको निरन्तर नेतृत्व र राष्ट्रप्रति समर्पित सेवाको लागि शुभकामना व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande