महालयाअघि चिया श्रमिकलाई २० प्रतिशत बोनस, २६ सय श्रमिकको खातामा पुग्यो रकम
महालयाअघि चिया श्रमिकलाई २० प्रतिशत बोनस, २६ सय श्रमिकको खातामा पुग्यो रकम


सिलगढ़ी, 0१ अक्टोबर (हि.स.)। दुर्गापूजाअघि नक्सलबाड़ीको पहाड़गुमिया चिया बगानका लगभग २६ सय चिया श्रमिकको ब्याङ्क खातामा २० प्रतिशत बोनसको रकम जमा भएको छ। मुख्यमन्त्रीले तोकेको ५ अक्टोबरको समयसीमाभन्दा अगावै बोनस प्राप्त भएपछि चिया श्रमिकहरूमा खुशीको माहोल छ।

हरेक वर्ष दुर्गापूजा बोनसलाई लिएर चिया बगान व्यवस्थापन र श्रमिकबीच विवादको अवस्था उत्पन्न हुँदै आएको छ। कहिले बोनस दिने मितिमा सहमति नहुने त कहिले किस्तामा भुक्तानी गर्ने विषयमा समस्या हुने गरेको थियो। बोनसको प्रतिशतलाई लिएर पनि व्यवस्थापन र श्रमिकबीच बैठक तथा छलफल हुँदै आएको छ।

यद्यपि, यस पटक नक्सलबाड़ीको तराई क्षेत्रमा रहेको पहाड़गुमिया चिया बगानमा फरक तस्बीर देखिएको छ। कुनै विवादबिना महालयाअघि नै लगभग २६ सय श्रमिकको ब्याङ्क खातामा २० प्रतिशत बोनसको रकम पठाइएको छ। बोनसको रकम प्राप्त भएपछि श्रमिकहरू खुशी भएका छन् र धेरैले पूजाका लागि किनमेल समेत शुरु गरिसकेका छन्।

बगानका व्यवस्थापक चन्दन कुमारले श्रमिकहरू परिवारका सदस्यसरह रहेको र बोनस उनीहरूको अधिकारको रकम भएको बताए। मुख्यमन्त्रीको घोषणा अनुसार, श्रमिकहरूलाई २० प्रतिशत बोनस दिइएको उनले बताए। तराई क्षेत्रमा श्रमिकलाई सकेसम्म छिटो सुविधा उपलब्ध गराउने प्रयास गरिने पनि उनले बताए।

/ बिशाल


 rajesh pande