दिल्ली पुग्नेबित्तिकै सीजेपी प्रमुख अभिजीत दीपके पुलिस हिरासतमा
नई दिल्ली में शनिवार को अभिजीत दीपके को आईजीआई एयरपोर्ट पर विमान के अंदर से हिरासत में लिया गया। स्क्रीन गैब- इंटरनेट मीडिया


नयाँ दिल्ली, १० अक्टोबर (हि.स.)। जन्तर-मन्तरमा प्रदर्शन गर्न दिल्ली पुगेका ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेलाई विमानबाटै पुलिसले हिरासतमा लिएको छ। उनीसँगै सौरभ दास र आशुतोष राङ्कालाई पनि हिरासतमा लिइएको छ। सीजेपीका कार्यकर्तालाई कुनै पनि हालतमा जन्तर-मन्तर जान नदिन दिल्ली पुलिस सतर्क रहेको छ।

आज जन्तर-मन्तरमा हुने प्रदर्शनमा सहभागी हुन दीपके, सौरभ र राङ्का मुम्बई विमानस्थलबाट दिल्लीका लागि प्रस्थान गरेका थिए। दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा उनीहरूलाई विमानबाट ओर्लन नदिई त्यहीँबाट हिरासतमा लिइएको हो। यस घटनासम्बन्धी एउटा भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ।

अभिजीतले आफू पक्राउ पर्नकै लागि दिल्ली आएको बताएका छन्। यसमा दिल्ली पुलिसका जवानहरूले भने, “होइन, यो पक्राउ होइन। कृपया सहयोग गर्नुहोस्।”

यसअघि दिल्ली पुलिसले सीजेपीको आज प्रस्तावित प्रदर्शन शुरु हुनुअघि चर्चित युट्युबर ध्रुव राठीलाई पनि हिरासतमा लिएको थियो। हालै जर्मनीबाट भारत फर्किएका राठीलाई हरियाणाको गुरुग्रामस्थित उनको निवासबाट हिरासतमा लिइएको हो।

दिल्ली पुलिस बिहान करिब ७ बजेर ४८ मिनेटमा गुरुग्रामको सेक्टर ५६ स्थित सेन्ट्रल पार्क विहारमा रहेको उनको घरमा प्रवेश गरेको थियो। उक्त घरमा राठीको परिवार बस्दै आएको छ। प्राप्त जानकारीअनुसार, राति नै दिल्ली प्रहरीका करिब ५० जना जवान सादा पोसाकमा उनको घरबाहिर तथा आसपासका क्षेत्रमा तैनाथ भएका थिए। प्रदर्शनमा सहभागी हुन राठी केही दिनअघि जर्मनीबाट भारत फर्किएका थिए।

ध्रुव राठी चर्चित युट्युबर, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व तथा राजनीतिक र सामाजिक टिप्पणीकार हुन्। उनी समसामयिक घटनाक्रम, सामाजिक-राजनीतिक विषय, वातावरण र इतिहासजस्ता विषयमा विश्लेषणात्मक भिडियो निर्माण गर्नका लागि परिचित छन्। उनको जन्म ८ अक्टोबर, १९९४ मा हरियाणाको रोहतकमा भएको थियो। उनका पिता इन्जिनियर र आमा शिक्षिका हुन्। उच्च शिक्षा हासिल गर्न उनी १७ वर्षको उमेरमा जर्मनी गएका थिए।

उच्च शिक्षा पूरा गरेपछि राठीले सन् २०१४ मा आफ्नो युट्युब च्यानल शुरु गरेका थिए। शुरुमा उनले आइफोनको सहयोगमा यात्रा सम्बन्धी भिडियो बनाएर सार्वजनिक गर्थे। त्यसपछि उनले देश तथा विदेशका गम्भीर राजनीतिक, आर्थिक र सामाजिक विषयलाई सरल भाषामा तथ्याङ्क तथा चित्राङ्कनको माध्यमबाट व्याख्या गर्न थाले। तथ्य जाँच र शैक्षिक जानकारीमा आधारित उनको प्रस्तुतिलाई दर्शकहरूले रुचाएका थिए।

उनले भारतीय दर्शकलाई लक्षित गर्दै तमिल, तेलुगु र बङ्गालीलगायत विभिन्न क्षेत्रीय भाषामा समेत युट्युब च्यानल सञ्चालन गरेका छन्। उनका सबै डिजिटल माध्यममा करोडौँ अनुयायी छन्। उनको मुख्य युट्युब च्यानलमा मात्रै चार करोडभन्दा बढी सदस्य रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande