दिल्ली-उत्तर प्रदेश सीमामा कडा घेराबन्दी, सयौँ मानिस नजरबन्द
दिल्ली यूपी बॉर्डर पर किलाबंदी


नोएडा, १० अक्टोबर (हि.स.)। प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले आज दिल्लीको जन्तर-मन्तरमा गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै गौतमबुद्ध नगर पुलिस बिहानैदेखि सतर्क रहेको छ। दिल्ली जाने मार्गहरूमा निगरानी बढाइएको छ। नोएडाबाट दिल्ली जाने सबै सडकमा अवरोधक राखेर कडा घेराबन्दी गरिएको छ। पुलिसले एक-एकवटा सवारीसाधन जाँच गरिरहेको छ भने अधिकांश सवारीसाधनलाई सीमाबाटै फर्काइँदै छ।

आज दिल्लीका ४५ वटा मेट्रो स्टेसन बन्द गरिएका छन्। यसले आवागमनमा पूर्ण रूपमा असर पारेको छ। प्रदर्शनका कारण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) का औद्योगिक, वाणिज्यिक, सूचना प्रविधि तथा व्यावसायिक प्रतिष्ठानहरू पनि प्रभावित भएका छन्।

दिल्लीबाट नोएडा र नोएडाबाट दिल्ली दैनिक रूपमा कामका लागि आवत-जावत गर्छन्। दिल्लीका कारखाना, पसल, व्यापारिक प्रतिष्ठान तथा विभिन्न मन्त्रालयमा काम गर्ने धेरै मानिस नोएडामा बसोबास गर्छन्। उनीहरूको आवत-जावतसमेत लगभग ठप्प भएको छ।

नोएडा पुलिसले दिल्ली पुलिससँग समन्वय गरेर विभिन्न सीमामा सघन जाँच अभियान सञ्चालन गरिरहेको छ। यसैबीच, गौतमबुद्ध नगर पुलिसले भारतीय नागरिक सुरक्षा संहिता, २०२३ को धारा १६३ दस दिनका लागि लागू गरेको छ।

दिल्ली-नोएडाका सबै सीमा क्षेत्रमा शुक्रबार रातिदेखि नै सुरक्षा कडा पारिएको छ। प्रदर्शनकारीहरूले भरिएका बसहरू सीमासम्म आइपुगेमा तिनलाई फर्काउन थप तयारी गरिएको छ। त्यस्ता बसहरू आएमा पुलिसले सीमाबाटै फर्काउने जनाएको छ।

आज आपतकालीन सेवा तथा अन्य अत्यावश्यक कामका लागि दिल्ली जाने व्यक्तिहरूलाई मात्र अगाडि बढ्न दिइँदै छ। दिल्ली जान चाहने चालकहरूले आफ्नो यात्राको ठोस कारण खुलाउनुपर्ने भएको छ।

शुक्रबारदेखि आज बिहानसम्म विभिन्न सङ्गठन तथा राजनीतिक दलसँग आबद्ध करिब दुई हजार मानिसलाई नोएडा पुलिसले विभिन्न स्थान र उनीहरूकै घरमा नजरबन्द गरेको छ।

अपर पुलिस आयुक्त (कानुन व्यवस्था) राजीव नारायण मिश्रले प्रदर्शनलाई ध्यानमा राख्दै बाहिरबाट सशस्त्र पुलिस बल (पीएसी) का दुई कम्पनी ल्याइएको जानकारी दिएका छन्। जिल्लाकै एउटा कम्पनीसमेत गरी पीएसीका तीन कम्पनीलाई जिल्लाका विभिन्न स्थानमा तैनाथ गरिएको उनले बताए।

चाडपर्व तथा परीक्षालाई ध्यानमा राख्दै जिल्लामा अक्टोबर १० देखि २० सम्म धारा १६३ लागू गरिएको पनि उनले जानकारी दिए।

दिल्लीमा हुन लागेको प्रदर्शनलाई ध्यानमा राख्दै दादरी रेलवे स्टेसनमा पनि सतर्कता बढाइएको छ। शनिबार बिहानैदेखि टिकट आरक्षण काउन्टर बन्द गरिएका छन्। काउन्टरमा प्राविधिक समस्या भएको सूचना टाँसिएको छ।

प्रयागराजबाट बिहान आइपुग्ने एक्सप्रेस रेलसमेत रद्द गरिएको छ। यद्यपि, यस विषयमा रेलवेका कुनै पनि अधिकारीले प्रतिक्रिया दिन चाहेका छैनन्।

स्टेसन मास्टर हेमन्त कुमारका अनुसार, अहिलेसम्म स्टेसनको प्रवेशद्वार बन्द गरिएको छैन र यात्रुहरूलाई पनि रोकिएको छैन।

सीजेपीको प्रदर्शनका कारण शनिबार दिल्लीका केही मेट्रो स्टेसन बन्द गरिएका छन्। तर, नोएडामा भने यसको प्रभाव परेको छैन। यहाँका मेट्रो स्टेसनहरूमा यात्रुहरूले सामान्य दिनमा जस्तै सेवा प्रयोग गरिरहेका छन्।

ब्लू लाइन र म्याजेन्टा लाइनका नोएडा क्षेत्रमा १३ वटा स्टेसन छन् भने नोएडालाई ग्रेटर नोएडासँग जोड्ने एक्वा लाइनमा २१ वटा स्टेसन छन्।

नोएडा वा नोएडा-ग्रेटर नोएडालाई जोड्ने मेट्रो मार्गका कुनै पनि स्टेसन बन्द नगर्ने निर्णय गरिएको छ। अधिकारीहरूका अनुसार, नोएडा सीमासँग जोडिएका न्यू अशोक नगर र कालिन्दी कुञ्ज मेट्रो स्टेसन भने बन्द रहनेछन्।

सीजेपीको प्रदर्शनलाई ध्यानमा राख्दै नोएडा पुलिसले सामाजिक सञ्जालको निगरानीका लागि दुईवटा टोली गठन गरेको छ। ती टोलीहरूले सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रकाशित भइरहेका पोस्ट तथा सन्देशमाथि निगरानी गरिरहेका छन्।

विशेषगरी पुलिसले आपत्तिजनक वा सामाजिक वातावरण बिगार्न सक्ने ठानेका सामग्रीमाथि निगरानी केन्द्रित गरेको छ। भ्रामक सूचना, उत्तेजक सन्देश तथा अफवाह फैलिने गतिविधिलाई नियन्त्रण गर्नु यसको उद्देश्य रहेको प्रहरीले जनाएको छ।

यस्ता सामग्री फेला परेमा तथ्य जाँच गरी नियमानुसार कारबाही गरिने पुलिसले स्पष्ट पारेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande