
गुवाहाटी, 10 अक्टोबर (हि.स.)। जापानमा आयोजित एशियाली खेलकुदहरूमा भारतलाई प्रतिनिधित्व गर्दै 75 किलोग्राम महिला वर्गको बक्सिङ्गको फाइनलमा चीनीयाँ प्रतिस्पर्धीलाई हराएर स्वर्ण पदक जित्ने एवं देशसँगसँगै असमलाई गौरवान्वित तुल्याउने असम पुलिसकी अधिकारी लभलिना बोरगोहाईलाई शनिवार असम पुलिसले सम्मानित गऱ्यो।
गुवाहाटीको चौथो असम पुलिस बटालियनमा आयोजित कार्यक्रममा असम पुलिसका महानिदेशक हरमीत सिंहले लभलिना बोरगोहाईलाई सम्मानित गरे। कार्यक्रममा महानिर्देशकले लभलिनाको खेल उपलब्धिहरूको प्रशंसा गर्दै उनको उज्ज्वल भविष्यको कामना गरे।
उल्लेखनीय छ, अन्तर्राष्ट्रिय स्तरमा बक्सिङ्गमा उत्कृष्टता प्राप्त गरी असम र देशको सुनाम फलाउने लभलिना असम पुलिसमा अफिसरका रूपमा कार्यरत छन्। महानिदेशकले आशा व्यक्त गरे, उनको यस सफलताले राज्यका उदीयमान खेलाडीहरूलाई खेल क्षेत्र अग्रसर हुने प्रेरणा प्राप्त हुन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा