प्रधानमन्त्रीसहित विभिन्न नेताहरूले महालयाको शुभकामना दिए
प्रतीकात्मक


नयाँ दिल्ली, १० अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहलगायत विभिन्न नेताहरूले शनिबार पवित्र महालया पर्वको अवसरमा सबैलाई हार्दिक शुभकामना दिएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिँदै यस पवित्र अवसरमा माता दुर्गाको आशीर्वाद प्राप्त होस् भन्ने कामना गरेका छन्। माता दुर्गाको आशीर्वादले समाजमा खुशी, करुणा र आशा फैलियोस् तथा चारैतिर शान्ति र समृद्धि कायम रहोस् भन्ने उनले कामना गरेका छन्।

केन्द्रिय गृहमन्त्री अमित शाहले माता दुर्गाको आशीर्वादले सबैको जीवन असीम आनन्द, सुख, समृद्धि र खुसीले भरिपूर्ण होस् भन्ने कामना गरेका छन्। पितृपक्षको समाप्ति र देवीपक्षको शुरुवात हुने यस सङ्गममा महालया पर्वले माता दुर्गाको आगमनको सन्देश दिने उनले बताएका छन्। माता दुर्गाको आशीर्वादले सबैको जीवन आनन्द र समृद्धिले परिपूर्ण होस् भन्ने उनको कामना छ।

त्यसैगरी, केन्द्रिय स्वास्थ्यमन्त्री जेपी नड्डाले माता दुर्गाको आशीर्वाद सधैँ सबैमाथि कायम रहोस् तथा जीवनमा खुसी, राम्रो स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गर्दै महालयाको शुभकामना दिएका छन्।

उल्लेखनीय छ, सनातन धर्मावलम्बीहरू, विशेषगरी बङ्गाली समुदायमा महालया पर्वलाई अत्यन्त महत्त्वपूर्ण र शुभ अवसरका रूपमा मनाइन्छ। यो पर्व आश्विन महिनाको औँसी तिथिमा मनाइन्छ।

/ बिशाल


 rajesh pande