
इटानगर, 10 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेश सियाङ्ग इण्डिजिनियस फार्मर्स किसान फोरम (सिफ्फ) ले प्रस्तावित सियाङ्ग अप्पर मल्टिपर्पज प्रोजेक्ट (सुमप) लाई लिएर विरोध प्रदर्शन गर्दा हिरासतमा लिइएका पाँच जना मानिसहरूलाई रिहा गर्नको लागि आज साँझ 5 बजेसम्मको समय-सीमा दिँदै चेताउनी दियो, यदि उनीहरूको माग पूरा नगरिए उनीहरूले नयाँ आन्दोलन शुरू गर्नेछन्।
सिफ्फका प्रवक्ता टागोरी माइजले अरुणाचल प्रेस क्लबमा मिडियालाई सम्बोधन गर्दै भने, यदि तोकिएको समय-सीमाभित्रमा हिरासतमा लिइएका मानिसहरूलाई रिहा गरिएन भने गेकू यूथ कमिटीले लोकतान्त्रिक आन्दोलन शुरु गर्नेछ।
फोरमले बाँधबाट प्रभावित क्षेत्रहरूबाट सेनाका जवानहरू सहित सुरक्षा बलहरूलाई तुरुन्तै हटाउने, ग्रामीणहरू विरुद्ध दर्ता गरिएको उजुरी फिर्ता लिन तथा हिरासतमा लिइएका सबै प्रदर्शनकारीहरूलाई बिना शर्त रिहा गर्ने माग गऱ्यो।
उनले सरकार र जिल्ला प्रशासनमाथि प्रभावित समुदायसँग परामर्श नगरेको आरोप लगाए। साथै भने, सरकारले गाउँलेहरूसँग कुराकानी अनि जग्गा मालिकसित अनुमति लिने जस्ता आधारभूत प्रक्रियाहरू पालना गरेन अनि गाउँलेहरूलाई उचित रूपमा जानकारी नदिई परियोजनासित सम्बन्धित गतिविधिहरू शुरु गऱ्यो।
उनले भने, मानिसहरूलाई जानकारी गराउनु पर्ने थियो, अनुमति लिनु पर्ने थियो, तर यो प्रक्रिया पालन गरिएन। उग्गेङ्ग गाउँको उदाहरण दिँदै माइजले दाबी गरे, साइट टेस्टिङ्गको लागि ड्रिलिङ्गको काम शुरू नहुञ्जेलसम्म गाउँका मुखिया (गाउँ बुढ़ा)- लाई पनि प्रस्तावित परियोजनाको बारेमा जानकारी थिएन।
बातचितको लागि सरकारद्वारा गरिएको अपीलमाथि प्रश्न उठाउँदै उनले भने, सुरक्षा बलहरूको तैनाथी, ग्रामीणहरूलाई हिरासतमा लिने तथा एफआईआर दर्ता गर्नाले मानिसहरूको भरोसा अझ घटेको छ।
उनले अझ भने, सरकारले हाम्रो ठाउँमा सुरक्षा बललाई तैनाथ गर्छ, ग्रामीणहरूलाई हिरासतमा लिन्छ र हामीमाथि एफआईआर दर्ता गर्छ तथापि हामीबाट बातचितको लागि अगाड़ि आउने आशा गर्छ।
माइजले प्रश्न गरे, उनीहरूले हामीबाट बातचित गर्ने आशा कसरी गर्नसक्छ जबकि उनीहरूको कामले मानिहरूमा अविश्वास उत्पन्न गरिरहेको छ? सरकार अनि प्रभावित समुदायबीचको सम्बन्ध बिग्रँदै गएकोमा निराशा व्यक्त गर्दै उनले भने, 'सरकारप्रतिको हाम्रो भरोसा कम भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा