असम सरकार प्रत्येक बालिकाको सुरक्षित एवं उज्ज्वल भविष्यका लागि प्रतिबद्ध छः मुख्यमन्त्री
The image shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 11 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आइतवार अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा राज्यका सबै बालिकाहरूलाई हार्दिक बधाई दिए। उनले प्रत्येक बालिकाको सुरक्षा, सशक्तिकरण तथा उज्ज्वल भविष्य सुनिश्चित गर्नेप्रति आफ्नो सरकारको प्रतिबद्धतालाई दोहोऱ्याए।

मुख्यमन्त्रीले सोशल मिडियामा पोस्टमा बालिकाहरूलाई शक्ति, साहस र सृजनात्मकताको प्रतीक बताए। भनले भने बालिकाहरूको सपनालाई साकार गर्ने दिशामा समाजको जिम्मेवारी अत्यन्त महत्त्वपूर्ण छ। बालिकाहरूको सांस्कृतिक महत्त्वलाई उल्लेख गर्दै उनले उनीहरूको आकाङ्क्षा, प्रतिभा एवं सम्भावनाहरूलाई सम्मान गर्नेमाथि जोड़ दिए।

डा सरमाले भने, उनको सरकारले प्रत्येक बालिकाको लागि सुरक्षित सामाजिक वातावरण एवं अवसरहरूले भरिएको भविष्य निर्माण गर्नको लागि दृढ सङ्कल्प बोकेर काम गरिरहेको छ।

'निजुत मोइना' जस्ता महत्वाकाङ्क्षी योजनाहरूको भूमिकाको उल्लेख गर्दै उनले बालिका सशक्तिकरण र विकासको लक्ष्य हासिल गर्न यस्ता पहलहरूले उल्लेखनीय योगदान पुर्याइरहेको बताए।

मुख्यमन्त्रीले दोहोऱ्याए, हरेक बालिकाको सुरक्षित भविष्यको लागि सरकारले निरन्तर काम गरिरहनेछ ताकि उनीहरूको प्रतिभालाई उचित सम्मान प्राप्त होस् अनि उनीहरूले आफ्नो सपनालाई साकार पार्न सकुन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande