नवरात्रको पहिलो दिन देवी मन्दिरहरूमा भक्तहरूको घुइँचो, एक लाख भक्तहरूले विन्ध्यवासिनी धाममा दर्शन गरे
devipatan Mandir


लखनऊ, 11 अक्टोबर (हि.स.)1 उत्तर प्रदेशमा शारदीय नवरात्रिको पहिलो दिन माँ विन्ध्यवासिनी धामदेखि शाकुम्भरी देवी मन्दिरसम्म श्रद्धालुहरूको भीड़ उर्लियो। बिहान सवेरैदेखि देवी मन्दिरहरूमा माँका जयकारहरूको गुञ्जनसितै वातावरण पूर्ण रूपमा भक्तिमय भएको देखियो।

अहिलेसम्म विन्ध्यचलको प्रसिद्ध शक्तिपीठ माँ विन्ध्यवासिनी मन्दिरमा 1 लाखभन्दा बढी भक्तहरूले पूजा गरिसकेका छन्। भोरको मङ्गला आरती भएदेखि नै मन्दिर एवं यस वरपरका गल्लीहरूमा भक्तहरूको लामो लस्कर लागेको थियो।

सहारनपुरको ऐतिहासिक शकुम्भरी देवी मन्दिरमा पनि लगभग 50 हजार भक्तहरूले माताको दर्शन गरी आशीर्वाद लिए भने बलरामपुरको प्रसिद्ध माँ पाटेश्वरी देवी मन्दिर (देवीपाटन शक्तिपीठ)- मा लगभग 50 हजार भक्तहरूले पूजा गरे। सीतापुरको पवित्र नैमिषारण्य धाममा रहेको माँ ललिता देवी मन्दिरमा पनि बिहानदेखि नै भक्तहरूको ठूलो भीड़ लामबद्ध भएको देखियो। अयोध्याको माँ कामाख्या देवी मन्दिर पनि भक्तहरूले भरिएको छ।

कामाख्या देवी मन्दिरका पुजारी बृज किशोर मिश्रले बताए, बिहानदेखि अहिलेसम्ममा लगभग 10 हजारभन्दा बढी भक्त एवं श्रद्धालुहरूले माँको दर्शन गरिसकेका छन्। मन्दिरहरूमा भक्तहरूको व्यापक भीड़लाई ध्यानमा राख्दै प्रशासनद्वारा सबै प्रमुख शक्तिपीठहरूमा सुरक्षा एवं सहज दर्शनको ठोस व्यवस्था गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande