दिल्लीमा प्रदर्शनका क्रममा हिरासतमा लिइएका एसडीएफ कार्यकर्ताहरू छुटे
दिल्लीमा प्रदर्शनका क्रममा हिरासतमा लिइएका एसडीएफ कार्यकर्ताहरू छुटे


गान्तोक, ११ अक्टोबर (हि.स.)। दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन एवं धरनाका क्रममा हिरासतमा परेका सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीका कार्यकर्ताहरू छुूटेका छन्। पक्रा परेकाहरूमा युवा प्रभारी कर्मा टासी भाेटिया, नाम्ची जिल्ला युवा शाखा महासचिव रिवाज लिम्बू र साेरेङ जिल्ला जिल्ला युवा प्रभारी आइजक मुरिङला सामेल छन्।

एसडीएफ प्रवक्ता याेजना खालिङ‌ राईले जारी गरेको बयानअनुसार, हिजो एसडीएफ कार्यकर्ताहरूलाई धरनास्थलबाटै पुलिसले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तीनैजना कार्यकर्ताहरू पुलिस हिरासतबाट छुटेका छन्। उनीहरूलाई आबेर रातिसम्म दक्षिण दिल्लीको जफरपुर कलाङ पुलिस थानामा राखिएको थियो।

उल्लेखनीय छ, कक्रोच जनता पार्टीको हिजो राष्ट्रिय राजधानीको जन्तर मन्तरमा प्रदर्शन प्रस्तावित थियो, जुन पुलिस प्रशासनको सक्रियतामा सम्भव हुन सकेन। एसडीएफले पनि उक्त प्रदर्शनलाई समर्थन जनाउॅंदै पार्टीका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी बनेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande