पश्चिम बङ्गालमा मौसम आद्रतापूर्ण गर्मी  रहने, उत्तर बङ्गालमा वर्षा हुने सम्भावना
पश्चिम बंगाल में आज का मौसम


कोलकाता, 11 अक्टोबर (हि.स.)1 पश्चिम बङ्गालको मौसममा आइतवार क्षेत्रगत भिन्नता देखिन सक्छ। दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा मौसम मुख्यतया सुख्खा हुने सम्भावना छ भने उत्तर बङ्गालका केही क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा वा गर्जन सहित हुने अनुमान लगाइएको छ।

कोलकाता, हावडा, हुगली, उत्तर एवं दक्षिण 24 परगनामा अधिकतम तापक्रम 32-33 डिग्री सेल्सियस र न्यूनतम 24-26 डिग्री सेल्सियस लगभग रहनसक्छ। बिहानी पख नमी अधिक रहनाले आद्रतापूर्ण गर्मी महसूस हुनसक्छ। अलिपुर मौसम केन्द्रमा बिहान 5ः30 बजे तापमान 26.4 डिग्री सेल्सियस एवं सापेक्षिक आद्रता 90 प्रतिशत रेकर्ड गरियो। दिउँसो घामसँगै आंशिक बादल लाग्न सक्छ।

पूर्व एवं पश्चिम मेदिनीपुर, झारग्राम, बाँकुरा, पुरुलिया, पूर्व र पश्चिम बर्धमानमा दिउँसो घाम लागेर गर्मी महसूस हुने सम्भावना छ। यी जिल्लाहरूमा अधिकतम तापक्रम 30 देखि 34 डिग्री सेल्सियसको बीचमा रहने सम्भावना छ। यद्यपि स्थानीय स्तरमा बादल लाग्नाले मौसम परिवर्तन हुन सम्भव छ।

उत्तर बङ्गालको दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर र दक्षिण दिनाजपुरका केही ठाउँहरूमा हल्का वर्षा वा गर्जनसितै वर्षा हुने सम्भावना छ। मालदामा पनि केही ठाउँमा वर्षा हुने सम्भावना छ। मैदानी क्षेत्रको तुलनामा हिमाली क्ताषेत्परहरूमा तापमान कम रहने अनुमान गरिएको छ।

कम हावाको गति र उच्च आद्रताका कारण मानिसहरूले बिहान च्यापच्याप्ती गर्मी हुनसक्छ। दिउँसो चर्को घामले गर्मीको प्रभाव बढ्न सक्छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande