
हाफलोङ्ग (असम), 13 अक्टोबर (हि.स.)। असमिया गायक जुबिन गर्गको मृत्यु प्रकरणकी प्रमुख अभियुक्त अमृतप्रभा महन्त मङ्गलवार बिहान हाफलोङ्ग जेलबाट रिहा भएकी छन्। अमृतप्रभा अनुहारमा मास्क लगाएर जेलबाट बाहिर निस्किन्। उनी विगत एक वर्षदेखि हाफलोङग् जेलमा थुनिएकी थिइन्।
गौहाटी उच्च अदालतले गत 9 अक्टोबरमा अमृतप्रभा महन्तलाई जमानत दिएको थियो। त्यसपछि उनी मङ्गलवार बिहान जेलबाट रिहा भइन्। जुबिन गर्गको मृत्यु प्रकरणमा अमृतप्रभालाई मुख्य अभियुक्तहरूमा सामेल गरिएको छ।
स्मरणीय छ, जुबिन गर्गले सेप्टेम्बर, 2025- मा सिङ्गापुरको भ्रमण गरेका थिए। उनी ईस्ट इण्डिया फेस्टिभलमा भाग लिनका लागि त्यहाँ गएका थिए। यसै अवधि 19 सेप्टेम्बरमा समुद्रमा पौडी खेल्न जाँदा उनको मृत्यु भएको थियो।
अमृतप्रभा महन्त पनि जुबिन गर्गसँगै सिङ्गापुर गएकी थिइन् भने कथित रूपमा याट पार्टीमा पनि उपस्थित थिइन्। गायकको मृत्यु मामिलाको अनुसन्धान गर्नकोलागि गठित विशेष अनुसन्धान टोली (एसआईटी) ले मुद्दाको अनुसन्धान गरेपछि आरोप पत्र दर्ता गरेको थियो। जमानतमा रिहा हुनुको अर्थ आरोपहरूबाट मुक्त हुनु होइन। यस मुद्दामा अग्रिम कानुनी कारबाही जारी रहनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा