अवैध पशु तस्करीविरूद्ध असम पुलिसको कारबाही, 32 वटा गाईवस्तु सहित तीन जना पक्राउ
The images Shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 13 अक्टोबर (हि.स.)। असममा पशुहरूको अवैध तस्करीविरुद्ध पुलिसको अभियान निरन्तर जारी छ। यसै क्रममा बासु गाउँ र कोकराझार जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालित अभियानमा पुलिसले 32 वटा गाईवस्तु जफत गर्नको साथै दुई वट वाहनहरूलाी जफत गरी तीन जना आरोपीहरूलाई हिरासतमा हिरासतमा लिएको छ।

असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले गए राती सामाजिक सञ्जालमा एउटा पोस्टको माध्यमबाट उक्त जनकारी साझा गरे। मुख्यमन्त्रीले भने, गाईवस्तुहरूको अवैध तस्करी एवं पशुहरूप्रति क्रूरलाईता कुनै पनि परिस्थितिमा सहन गरिने छैन। राज्य सरकार पशुहरूको सुरक्षा सुनिश्चित गर्न र अवैध बेचबिखनमा संलग्न मानिसहरूविरुद्ध कानुनी कारबाही गर्न प्रतिबद्ध छ।

उनले भने, यस्ता अपराधविरुद्ध असम पुलिसको अभियान निरन्तर जारी रहनेछ। राज्य सरकार पशुहरूको सुरक्षा गर्न तथा कानुन उल्लङ्घन गर्नेहरूविरुद्ध कड़ा कारबाही सुनिश्चित गर्न कटिबद्ध छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande