मुख्यमन्त्री शर्माले केन्द्रिय मन्त्री पवित्र मार्घेरिटालाई जन्मदिनको शुभकामना दिए
The image shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 13 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले मङ्गलवार केन्द्रिय विदेश तथा कपड़ा राज्यमन्त्री पवित्र मार्घेरिटालाई जन्मदिनको हार्दिक शुभकामना दिए। उनले मन्त्रीको स्वस्थ जीवन, दीर्घायु एवं उज्ज्वल भविष्यको कामना गरे।

सामाजिक सञ्जालमा सन्देश जारी गर्दै मुख्यमन्त्रीले भने, राज्यसँगसँगै देशको सेवाप्रति पवित्रमार्घेरिटाको कर्मनिष्ठा एवं प्रतिबद्धताले सबैलाई प्रेरित गर्दछ।

डा. सरमाले माँ कामाख्या एवं महापुरुष श्रीमन्त शङ्करदेवका श्रीचरणमा प्रार्थना गर्दै केन्द्रीय मन्त्रीको सुस्वास्थ्य, दीर्घायु र सफलताले परिपूर्ण भविष्यको कामना गरे। उनले आशा व्यक्त गरे, जन्मदिनको यो शुभ अवसरले मार्घेरिटाको जीवनमा खुशी र नयाँ सम्भावनाहरू लिएर आउनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande