मणिपुरको चुराचाँदपुरमा मादक पदार्थ सहित एकजना तस्कर पक्राउ
मणिपुरः मादक पदार्थ के साथ गिरफ्तार तस्कर की तस्वीर


इम्फाल, 13 अक्टोबर (हि.स.)। मणिपुरको चुराचाँदपुर पुलिसले एक गुप्त सूचनाको आधारमा अभियान सञ्चालन गरी एकजना तस्करलाई मादक पदार्थ सहित पक्राउ गऱ्यो। अभियुक्तसित अग्रिम जाँचबुझ भइरहेको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा मङ्गलवा दिइएको जानकारी अनुसार गए सोमवार चुराचाँदपुर पुलिसको एक टीमले अवैध रूपमा लागू औषधि राखेको आरोपमा डोथाङ्गलेन हाओकिप (36) नामक एक व्यक्तिलाई पक्राउ गऱ्यो। अभियुक्त चँदेल जिल्लाको गेलजाङ्ग गाउँको यमङ्गम हाओकिपका छोरा हुन् जो हाल चुराचाँदपुरको सालबुङ्ग गाउँमा बस्दै आएका थिए।

अभियुक्तबाट 40 वटा सबुनदानीहरूलाई जफत गरियो जसमा करिब 932 ग्राम संदिग्ध ब्राउन शुगर लुकाएर राखिएको थियो। हाल पुलिसले आरोपी विरुद्ध एफआईआर दर्ता गरी उसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande