
इम्फाल, 13 अक्टोबर (हि.स.)। मणिपुर पुलिसले डिजिटल मिडियाको माध्यमबाट महिला र बाल-बालिकाहरूको तस्वीरलाई उनीहरूको सहमति बिनै उनीहरूको प्रयोग गरेर सताउने 13 जना मानिसहरूलाई पक्राउ गरेको छ।
मणिपुर पुलिसले मङ्गलवार बतायो, केही टेलिग्राम च्यानलहरूका एडमिनिस्ट्रेटर र यूजरले स्थानीय मणिपुरी महिलाहरूको सहमति बिना अश्लील भिडियो तथा फोटोहरू फैलाइरहेका थिए, त्यसको व्यापार गरेर पैसा कमाइरहेका थिए जसमा बाल-बालिकाहरूको यौन शोषणसित सम्बन्धित सामग्र (सीएसएएम) को वितरण पनि सामेल थियो।
मणिपुर पुलिसले मोइराङ्ग पुलिस स्टेशनमा उपरोक्त मामिलामा एफआईआर दर्ता गऱ्यो 'अपरेशन डिग्निटी' नामक अनुसन्धान शुरु गऱ्यो। अहिलेसम्म एजना सीसीएल (कानुनसँग सङ्घर्षरत बालक) सहित 13 जना मानिसहरूलाई पक्राउ गरिएको छ। 14 वटा मोबाइल फोन र एउटा ल्यापटप जफत गरिएको छ। व्यापक नेटवर्क, वित्तीय लेन-देन तथा अन्य पीड़ितहरूको बारेमा अनुसन्धान भइरहेको छ।
पक्रा परेका व्यक्तिहरूमा एन राजेश सिंह उपनाम माइपाकचाओ (21, विष्णुपुर), एच धनजित सिंह उपनाम टाइसन (19, विष्णुपुर), एस सफाबा सिंह (19, इम्फाल पश्चिम), थ. केभेन्डिश सिंह उपनाम इङ्गोचा (21, काकचिङ्ग), एच. रोजित सिंह (19, विष्णुपुर), एम. क्लिन्टन सिंह (28, विष्णुपुर), ख. बिपिन सिंह (31, थौबल), सीसीएल, एस सिम्पसन सिंह (34, इम्फाल पश्चिम), ए. आरिया सिंह (24, विष्णुपुर), एस अलेक्जेण्डर सिंह (31, काकचिङ्ग), के. राकेश सिंह (18, इम्फाल पश्चिम), च. रोबर्ड सिंह (27 इम्फाल पश्चिम) सामेल छन्।
--------
/ बिशाल